कोरोना खोप विकासमा रुसको छलांग, अक्टोबरमा खोप अभियान थालिने



मस्को (एजेन्सी) ।

कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वका लागि रुसबाट सुसमाचार आएको छ । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासकोले आगामी अक्टोबर देखि रुसमा ब्यापक स्तरमा कोरोना भाइरसको खोप कार्यक्रम शुरु गरिने घोषणा गरेको छ । खोप कार्यक्रमका क्रममा चिकित्साकर्मी र शिक्षकलाई बढी प्राथमिकता दिने उनले जानकारी दिए ।

रुसले आफनो परिक्षणमा रहेको कोरोना भाइरस खोप ३ करोड डोज देशमा बनाउने तयारी गरेको छ । विदेशमा यस खोपको १७ करोड डोज तयार गर्ने उद्देस्य मस्कोको रहेको छ । यसै हप्ता एक महिनासम्म ३८ जनामा चलाइएको पहिलो परिक्षण पुरा भएको रसिया डाइरेक्ट इन्भेस्टमेनट फन्डका प्रमुख किरिल दिमित्रिवले जानकारी दिए ।

यो खोपको प्रयोग सुरक्षित रहेको र प्रतिरोधक क्षमत पनि विकसित गरिरहेको नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अर्को महिना नै रुस र सेप्टेम्बरमा अन्य देशबाट स्विकृति प्राप्त भए लगत्तै यस खोपको उत्पादनमा काम शुरु हुने बताइएको छ ।

यो खोप मस्कोको गेमेलिया इन्स्टिच्युटमा विकसित गरिएको हो । क्लिनिकल परिक्षणका लागि उक्त संस्थानमा डोज तयार गरिँदै छ भने निजी फर्मास्युटिक कम्पनी अलियम र आर फर्मा खोपको बोटलिंगको काम गर्नेछ । दुबै अहिल आआफनो ल्याबमा आगामी केही महिनामा उत्पादनको तयारीमा जुटेका छन् । हर्ड कम्प्युनिटिका लागि रुसमा ४ देखि ५ करोडलाई खोप दिनु पर्ने दिमित्रिवले बताए । त्यसैले यो बर्ष ३ करोड डोज तयार गर्नु सही हुने आफुलाई लागेको र अर्को बर्ष खोप अभियान अन्त्य गरिने उनले बताए । पाँच देशसँग उत्पादनका लागि सम्झौता गरिएको र १७ करोड डोज बाहिर बनाउन सकिने उनले जानकारी दिए ।

रुसको गेमेलियाले तयार पारेको खोप पश्चिमी देशको तुलनामा धेरै अगाडी बढेको छ । यस खोपको तेस्रो चरणको परीक्षण पनि जारी छ । यसमा रुस, साउदी अरेबिया र यूएईका हजारौं नागरिक सहभागी भएका छन् । रुसले सेप्टेम्बर सम्ममा कोरोना भाइरस खोप बनाउने विश्वास गरिएको छ । गेमेलिया सेन्टरका प्रमुख अलेब्जेन्डर जिन्टसबर्गले सरकारी न्युज एजेन्सी तासलाई भने, उनलाई खोप १२ देखि १४ अगस्टका बीचमा सर्वसाधारणको वितरणका लागि खोप आउँछ भन्नेमा उनलाई विश्वास छ ।

अलेक्जेन्डरका अनुसार निजी कम्पनी सेप्टेम्बर देखि ठुलो परिमाणमा खोप उत्पादन शुरु गर्ने छ । खोप मानव परिक्षण पुर्ण रुपमा सुरक्षित प्रमाणित भइसकेका गेमेलिया प्रमुखले बताए ।

यसअघि अमेरिकी कम्पनी मोडर्ना इन्कको कोरोना खोपको पहिलो परीक्षण पुर्ण रुपमा सफल रहेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्