स्पेसएक्स र नासाका दुई अन्तरिक्ष यात्री पृथ्वीमा फर्के



फ्लोरिडा (एजेन्सी) ।

अन्तरिक्ष पुगेको स्पेसएक्स र नासाका दुई अन्तरिक्ष यात्री आइतरबार पृथ्वीमा फर्किँदै छन् । अन्तरिक्ष यात्री रोबर्ट बेहन्केन र डग्लस हर्लीले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र छोडेका छन र उनीहरु पृथ्वी तर्फ बढिरहेका छन् । स्पेसएक्स र नासा ४५ बर्षमा पहिलो पटक कुनै अन्तरिक्ष यात्रीलाई सिधै समुद्रमा उतार्न लागिएको हो ।

अन्तरिक्ष एजेन्सी नासाले ट्विटमा स्पेसएक्स ड्रागन एन्डिवर अन्तरिक्षबाट प्रस्थान गरिसकेको र पृथ्वी तर्फ आइरहेको उल्लेख गरेको छ । ड्रागन एन्डिवर इन्टरनेसनल स्पेस स्टेसनबाट अन्तरिक्ष यात्री सहित अलग्गिएको र सुरक्षित स्थानमा पुगेको ट्विटमा उल्लेख गरिएको छ ।

नासाले आफनो ट्विटर ह्यान्डलमा एक भिडियो पनि शेयर गरेको छ । शनिवार विहान बहामासमा विध्वंस मच्चाएको सामुद्रिक चक्रवात इसायस फ्लोरिडा तर्फ बढिरहेको छ । चक्रवातका कारण अन्तरिक्ष यात्रीलाई अवतरणमा केही कठिनाई हुन सक्छ । त्यसैले सामुद्रिक आँधीमाथि नजिकबाट निगरानी गरिरहेको र यो फ्लोरिडाको पुर्वी तटमा प्रवेश गर्ने आशंका गरिएको छ ।

सन् २०११ पछि पहिलो पटक अमरिकाको कुनै मानव अभियान अन्तरिक्ष गएको हो । नासाले केनेडी स्पेस सेन्टरबाट मे ३० लाई यो अभियान प्रस्थान गरेको थियो । अन्तरिक्ष यात्री मे ३१ देखि नै अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा थिए । यस क्रममा अन्तरिक्षमा आवागमन बाहेक अन्य कयौं प्रगोग पनि गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्