एक सातामै शेयर बजारका लगानीकर्ताले साढे ४ अर्ब गुमाए

नेपाल समाचारपत्र, काठमाडौं
शेयर बजारका लगानीकर्ताका लागि यो साता खासै सुखद् रहेन । ब्याजदरलगायत शेयर धितो कर्जामा सहुलियत पाउँदा पनि लगानीकर्ता आकर्षित हुन नसक्दा समग्र लगानीकर्ताका लागि साता सुखद् नरहेको हो ।
अघिल्लो साताको तुलनामा समग्र बजार पुँजीकरण शून्य दशमलव २३ प्रतिशत घट्दा शेयर बजारका लगानीकर्ताले ४ अर्ब ४३ करोड रुपियाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो साताभन्दा यस साता ३ दशमलव ५५ अंकले घटेको छ । अघिल्लो साता करिब ४८ अंक बढेको नेप्से परिसूचक यस साता भने घटेर बन्द भएको थियो ।

अघिल्लो साता नेप्से १४४२ दशमलव ६१ बिन्दुमा हुँदा कारोबार बन्द भएको थियो । तर, यो साता परिसूचक १४३९ दशमलव शून्य ६ बिन्दुमा हुँदा कारोबार बन्द भएको छ । साताको पाँचै दिन खुल्ला रहेको नेपाल स्टक एक्सचेन्जको परिसूचकमा गिरावट आए पनि कारोबार रकम वृद्धि भएको छ । यो साता ८ अर्ब रुपियाँबराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता साढे ५ अर्ब रुपियाँको हाराहारीमा शेयर कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा समग्र बजार पुँजीकरण शून्य दशमलव २३ प्रतिशत घट्दा शेयर बजारका लगानीकर्ताले ४ अर्ब ४३ करोड रुपियाँभन्दा बढी सम्पत्ति गुमाएका छन् ।

यस साता नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । सो कम्पनीको मात्रै ८३ करोड ८१ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साथै प्रतिशतका आधारमा यस साता सबैभन्दा धेरै मिर्मिरे माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीकोे शेयरमूल्य ४४ दशमलव ५७ प्रतिशतले बढेको छ।

उता गुमाउनेमा घोडीघोडा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढीले घटेको छ। समूहगत आधारमा यस साता होटल समूहका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतभन्दा बढी गुमाएका छन् । यस साता ५ कम्पनीको ४ करोड ५० लाख १४ हजार ६८६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्