बग्गीखानाका ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टिनमा



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेक–ब्यारेकमै राखिएकाे र महाशाखामा पूर्णलकडाउन गरिएकाे छ ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको ढकालले जानकारी दिए  ।

१५ सय ४५ जना जनशक्ति भएकाे ट्राफिक प्रहरीमध्ये ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन ।

‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं’ -महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्