जाजरकोटमा पहिरोमा पुरिएर बालक बेपत्ता



बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोटको भेरी नगरपालिका ७ दोकानामा पहिरोमा पुरिएर एक बालक बेपत्ता भएका छन् । घर नजिकैको पाखोमा वाख्रा चराउन गएका १२ बर्षीय खिम वहादुर परियार पहिरोमा परि बेपत्ता भएका हुन् भने अर्का एक बालक घाइते भएका छन् ।घर नजिकैको पाखोमा गाईबाख्रा गोठालो गरिरहेका बेला एक्कासी आएको सुख्खा पहिरोले धनविर परियारका १२ बर्षीय छोरा खिम बहादुर परियारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताउनु भयो ।

उनीसगै गोठालो गएका मोतिलाल बि क का १२ बर्षीय छोरा प्रदिप विक पहिरोमा परि गम्भीर घाईते भएका छन् ।पहिरोमा परेर गम्भीर घाईते भएका प्रदिप विकको हात भाँचिएको र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको छ । घाईते प्रदिपलाई तत्काल स्थानियले उद्धार गरेका थिए भने पहिरोमा परेका खिमलाल परियार अझै बेपत्ता छन् ।

स्थानिय र ईलाका प्रहरी कार्यालय जगतिपुरबाट प्रहरी टोलीले पहिरोमा परि बेपत्ता बालकको खोजी तथा उद्धार कार्य भईरहेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो । पहिरोमा पुरिएका बालकको खोजि भईरहेको प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले वताउनु भयो । ठुलो पहिरो भएकोले पुरिएका बालकलाई उद्धार गर्न कठिन भएको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्