रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य गर्ने



यमलाल भुसाल, बुटवल ।

रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य गरि अगाडी बढने भएको छ । नियमित रक्तदाता संघसंगले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा वोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले रगतको अभाव हुन नदिनका लागि नगरपालिकाले अभियान चलाउर्ने र आर्थिक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

मानिसको पुनरजिवनका लागि रक्तदान महत्वपुर्ण कार्य भएकाले नगरपालिका संघसंग हातेमालो गरेर अगाडी बढन तयार रहेको मेयर कार्कीले बताउनु भयो । उहाँले नगरपालिका क्षेत्र भित्रका असहाय, जेष्ठ नागरिक र असक्तलाई रगत चढाउन परेमा रक्तसंचार केन्द्रले लिने सेवा शुल्क नगरपालिकाले व्यर्होने गरि कार्ययोजना बनाएर नगरपालिका अगाडी बढने समेत बताउनु भयो ।

नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन: संचालनमा आएसंगै गतमहिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।
संस्था पुनर जिवित भएपछि आयोजित नियमित रक्तदानको दोस्रो महिनाको रक्तदान कार्यक्रममा शनिवार ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपक अधिकारीले बताउनु भयोे ।

संस्थाका संह संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकषमिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरि कार्य योजना बनाएको बताउनु भयो । रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गर्नु भएको सचिव महेश खनाल बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस्