बझाङको केदारस्युँ गाउँपालिकामा पुन: लकडाउन



मानबहादुर बोहरा,बझाङ ।

बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन गरिएको छ । पालिकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुनः लकडाउन जारी गरिएको हो । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा शनिबार मात्रै थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

शुक्रबार र शनिबार गरी वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नं. ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै केदारस्युँ गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६६ पुगेको छ । यस भन्दा अघि १६ जना भने निको भएर घर फर्कि सकेका छन् ।

संक्रमितहरु भाडसैन, थापागाउँ, काँडाचौर, भामचौ, जसूडा लगायतका गाउँका रहेका छन् । संक्रमितहरु सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनबाट घर गयपछि रिपोट आएको हो ।उनिहरुलाई १४ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर गाउँपालिकाले नै घर पठाएको थियो ।

घर गएकाहरु होमक्वारेन्टाइनमा बस्नुको साटो सामान्य मानिस जस्तै समुदायमा घुलमील भइसकेको स्थानीयको भनाई छ । संक्रमित हरुलाई चन्द्रोदय माध्यमिक विद्यालय भाडसैन र कैलाश भवानी माध्यमिक विद्यालय कोटेलीमा राख्ने व्यवस्था मिलाइएको छ । यसरी प्रतिदिन संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता तथा कार्यवाहक अध्यक्ष लोकेश बहादुर भण्डारीले जानकारी दिनुभयो ।

संक्रमण फैलिएका वडामा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गएको छ । प्रवक्ता भण्डारीका अनुसार वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सील गरीएको छ । साथै पालिका भरीका सबै वडाबाट एक वडा बाट अर्को वडामा जान पनि निषेश गरीएको छ । अति आवश्यक कामको लागि जानुपरेमा वडाको सिफारीस अनिवार्य गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्