स्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित पक्राउ



न्युज अफ नेपाल,महोत्तरी ।

जलेश्वर नगरपालिका २ जिरोमाईलबाट श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित लोहारपट्टि नगरपालिका९१ बगडा बस्ने २४ वर्षीय रबिन यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्