प्राकृतिक विपदबाट जोगिन सल्यानमा उच्च सतर्कता



न्युज अफ नेपाल, सल्यान।

सल्यानमा प्राकृतिक विपदबाट जोगिन उच्च सर्तकताअपनाइएको छ । प्राकृतिक विपदबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न जिल्लाका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । विपद्बाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्दारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।

लक्षित समुदाय स्थानीय तहमा रहेकाले स्थानीयविपद् व्यवस्थापन समितिलाई पनि सतर्कता अपनाउन परिपत्र भइसकेको उहाँको भनाई छ । उनले भने जेठ महिनामै विपद व्यवस्थापनको वैठ्क बसी विपद् आवश्यक पर्ने सामाग्री, राहत, उद्दारका लागि जनशक्ति तयारी अवस्थामा राखेका छौं ।

विपद् प्रतिकार्यकालागितीन कलस्टरमाविभाजन गरी कार्य अघि बढी रहेको प्रजिअपोखरेलको भनाई छ । रेडक्रस, खानेपानी कार्यालयको एउटा कलस्टर जसले जिन्सी सामाग्री ( खाद्यन्न, लत्ता कपडा, र स्वच्छ खानेपानीको व्यवस्थागर्ने छ । यस्तै दोस्रो कलस्टर हुलाक र दुरसञ्चार कार्यालय रहेका छन् जसले सम्पर्क र समन्वयको कार्य गर्नेछन् भने तेस्रो कलस्टर भनेको उद्दारको रहेको छ जसमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपालप्रहरी रहेका छन् ।

सबैको जिम्मेवारी निर्धारण गरिएकाले कुनै विपद् आइपरे राहत उद्दारमाकुनै समस्यानहुने उनले बताए । उनले भने विपद् आइहालेमातत्काल उद्दार र व्यवस्थापनका लागि हामी पूर्ण तयारी अवस्थामा छौं । जिल्लामा बाढि पहिरो आउन सक्ने सम्भावित क्षेत्रको पहिचानगरिएको र उक्त स्थानमा स्थानीय तहसँग समन्वय गरी उच्च सतर्कताअपनाइएको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७५/०७६ र १३, आर्थिक वर्ष २०७६/०७७ मा ५ जनाको बाढी पहिरो, आगलागी, चट्याङबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्