चीनको आफ्नै नेविगेसन स्याटेलाईट सिस्टम वेइदाउ सन्चालनमा



बेइजिंग (एजेन्सी)

चीनका राष्ट्रपति सी जिनपिंगले स्वदेशी बेइदोउ नेविगेसन स्याटलाइट सिस्टमको आधिकारिक सुरुवाट गरेका छन् । यो प्रणालीले अमेरिकी ग्लोबल पोजिसनिंग सिस्टम (जीपीएस)लाई टक्कर दिन सक्ने बताइएको छ । चीनको स्वदेशी जीपीएस प्रक्षपण हुनुले उसको भुराजनितिक तथा सैन्य क्षमता तिब्र बढ्ने अनुमान गरिएको छ ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टी तथा पिपुल्स लिबरेसन आर्मीका नेता सी जिनपिंगले बेइजिंग स्थित ग्रेट हल अफ द पिपुलमा एक समारोहमा बेइदोउ नविगेसन स्याटलाइट सिस्टमको आधिकारिक सुरुवाट गरेको हो । यसअघि उक्त नेविगेसन स्याटलाइट सिस्टमका लागि जुन २३ मा प्रक्षपित ५५ औ तथा अन्तिम उपग्रहले सबै परिक्षणपछि काम गर्न शुरु गरेको घोषणा गरिएको थियो ।

यी उपग्रह बेइदोउ नेविगेसन स्याटलाइट सिस्टमका हिस्सा हुन जसलाई बीडीएस ३ का रुपमा चिनिन्छ । यस अन्तर्गत सन् २०१८ मा चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजनामा सहभागी देशहरुलाई नेविगेसन सेवा उपलब्ध गराउन थालिएको थियो । यो प्रणालीले अत्यन्त सटिकतका साथ नेविगेसनमा सहायता प्रदान गर्छ ।

चीनले आफु अन्य उपग्रह नेविगेसन प्रणालीसँग सहयोग गर्न चाहेको बताएको छ तर बेइदोउको प्रतिस्पर्धा अमेरिकी जीपीएस, रुसको जीएलओएनएएसएस र युरोपेली संघको ग्यालिलिया नेटवर्कसँग हुन सक्छ । यसबाट चीनको मुख्य लाभ भनेको चीनले आफना क्षेप्यास्त्र निर्देशित गर्नका लागि जीपीएसका बदला आफ्नै नेविगेसन प्रणालीको प्रयोग गर्न सक्छ ।

चीनको यो उपलब्धी अमेरिकासँग बढ्दो तनावलाई हेरेर महत्वपुर्ण मानिएको छ । चीनले बेइदाउ नेविगेसन स्याटलाइट प्रणालीका लागि सन् २०००मा उपग्रह प्रक्षपण गरिएको थियो । तर यो प्रणालीले चीन मै मात्र स्याटलाइट नेविगेसनको सुविधा प्रदान गर्न सक्थ्यो । तर सन् २०१२ मा चीनले यसको विस्तार एसिया प्रशान्त क्षेत्रमा जीपीएस सेवा दिनका लागि प्रयोग गर्यो ।

जब यस प्रणालीको अन्तिम स्याटलाइट प्रक्षपण भयो तब चीन पुरै विश्वमा जीपीएसको वैश्विक सेवा उपलब्ध हुन सक्ने भएको छ । वेइदाउ सक्रिय भएपछि चीनलाई अमेरिकी जीपीएसको उपयोगको आवश्यक हुने छैन । यो चिनियाँ जीपीएस स्मार्टफोन, ड्राइभरलेस गाडी, विमान तथा पानी जहाजलाई पनि सहायता प्रदान गर्नेछ । यसले चीनको महत्वाकांक्षी ड्राइवरलेस हाइस्पिड रेललाई पनि मार्गदर्श गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्