चुनाव सार्ने सोचबाट पछि हटे ट्रम्प



वासिंगटन (एजेन्सी)

नोवेम्बरमा हुन गइरहेको चुनाव स्थगित गर्ने कुरालाई आफनै पार्टी रिपब्लिकनबाट समर्थन नपाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यस मुद्दाबाट पछि हटेको छ । रिपब्लिकन पार्टीका कयौं वरिष्ठ नेताले ट्रम्पसँग चुनाव सार्ने अधिकार नभएको बताएका छन् । अब ट्रम्पले आफु चुनाव स्थगित गर्न नचाहेको तर फर्जी मतदानबाट बच्न चाहेको बताए ।

ट्रम्पले विहिबार सन् २०२० मा हुने चुनाव स्थगित गर्नु पर्ने सुझाव दिएका थिए । कोरोना महामारी चलिरहेको बेला चुनावमा मेल इन ब्यालेट (चिठीका माध्यम मतदान)बाट मतदान हुन सक्ने उनले बताए । यसतो भए भने यो अमेरिकी इतिहास सबै गलत र फर्जी चुनाव साबित हुने छ । यो अमेरिकाका लागि बेहद लज्जास्पद कुरा हुने छ ।

अमेरिकामा हालै भएको एक सर्वेक्षणले ७१ प्रतिशत मतदाता मेल इन ब्यालेटका माध्यम मतदानको पक्षमा रहेको देखाएको छ । अमेरिकी संविधान अनुसार राष्ट्रपति चुनावको तिथि परिवर्तन गर्ने अधिकार राष्ट्रपतिसँग छैन । यसका लागि ट्रम्प संसदको दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिव र सिनेटबाट स्विकृत गराउनु पर्नेछ । सिनेटमा त रिपब्लिकन पार्टीको बहुमत छ, तर तल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत छ ।

यदी ट्रम्प दुबै सदनबाट विधेयक पारीत गर्छ भने पनि धरै लामो समय सम्मका लागि चुनाव सार्न सक्दैन । अमेरिकाको संविधान अनुसारा राष्ट्रपति चुनाव जनवरी २० सम्ममा कुनै पनि हालतमा गराउनु पर्ने हुन्छ । अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव नोभेम्बर ३मा हुनेछ । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट पुर्व उपराष्ट्रपति जोय बाइडेन यस चुनावका प्रमुख दुई प्रत्यासी हुन् ।

दुबै पार्टीको प्राइमरी चुनाव समाप्त भइसकेको छ । डेमोक्र्याटिक पाटीृको नेसनल कन्भेसन पनि भइसकेको छ । यसमा बाइडेनको नामलाई अनुमोदन गरिसकेको छ । अगस्टमा रिपब्लिकन पार्टीको नेसनल कन्भेसन हुने छ । यसमा ट्रम्पलाई आधिकारिक रुपले उम्मेदवार घोषित गर्ने छ ।

सन् २०१६ मा करिब एक चौथाइ अमेरिकीले मेलबाट भोट खसालेका थिए । हालैका दिनमा ट्रम्प , उपराष्ट्रपति माइक पेन्स, फस्र्ट लेडी मेलानिया, ट्रम्पकी छोरी इवान्का, ज्वाई जेरेड कुश्नर, ह्वाइट हाउसकी प्रेस सचिव केयलेग म्याकनेनी र महान्यायधिवक्ताले पनि मेल भोटिंगको प्रयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्