पुन: लकडाउन गर्ने तयारीमा सरकार



न्युज अफ नेपाल, काठमाडौँ ।

देशभर कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै सरकारले आवतजावतमा कडाइ गरेको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ । यसलाई मध्येनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको स्रोतले जनाएको छ । संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ। परिस्थिति अझेँ खराब हुँदै गएमा पुन लकडाउन गरिने जनाइएको छ ।

देशका विरगन्ज, पर्सा लगाएत उपत्यकामै संक्रमणको खतरा बढेको छ । कोरोना विशेष अस्पतालहरुमा बिरामीका लागि थप ठाउँ समेत उलब्ध छैन । कतिपय संक्रमित घरमै बसेर उपतार गर्न बाध्य छन् । यसले उनीहरुका परिवार सदस्यलगाएत अन्य मानिसमा जोखि पैदा गराएको छ । वीरगैजको कोरोना विषेश अस्पतालमा बिरामी नअटाउदा थप स्थानको खोजी समेत भइरहेको छ । चिकित्सकको एक टोली गएर त्यहाँको परिस्थितिबारे छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्