एलिना र कर्साङको ‘म त मरी जाऊँ’ बजार



न्युज अफ नेपाल, काठमाडौ ।

चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।
पछील्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्षेत्रमा नयाँ प्रयोग ल्याएका छन ।

गीतमा दिनेश सुवेदीको शब्द, उनै गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन ।

भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन,कोरियोग्राफी र निर्देशन गरेका हुन भने छायांकन,सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन । भिडियो गायक गायिकालाई नै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्