कुखुराको भालेले आक्रमण गर्दा एक महिलाको मृत्यु



एजेन्सी, अस्ट्रेलियामा कुखुराको भालेको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।

आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्। दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन्।

महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी थिइन्। सोही क्रममा त्यहाँ भएको भालेले महिलालाई आक्रमण गरेको हो। भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्।

कुखुराहरु प्राय अहिंस्रक मानिन्छन्। भालेचाँही कहिलेकाँही आक्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्