फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध मुद्दा



FIFA President Gianni Infantino addresses a news conference after a FIFA Council in Zurich, Switzerland, January 10, 2017. REUTERS/Arnd Wiegmann

एजेन्सी ।

विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरिएको छ ।

स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध मुद्दा दायर गरिएको हो । उनीविरुद्ध स्विट्जरल्यान्डमा मुद्दा दायर भएको छ ।

अदालतले लौबरले फिफाको छानबिन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा लुकाएको जनाएको छ । फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुवैले आफूले गल्ती नगरेको बताउदै आएका छन् । फिफाको भ्रष्टाचार अध्ययनका क्रममा गत हप्ता सो बैठकमा उपस्थित भएको र सुपरभाइजरलाई ढाँटेको अभियोगमा लौबरलाई राजीनामा दिन प्रस्ताव गरिएको थियो । तर, उनीहरु दुवैले उक्त बैठकमा कुनै गलत नगरेको बताउँदै आएका छन् ।

यता फिफाले इन्फान्टिनो र गभर्निङ बडीले अदालती अध्ययनमा सहयोग गर्ने बताएको छ । फिफाका तर्फबाट अध्यक्ष इन्फान्टिनोले जारी गरेको सूचनामा भनिएको छ, ‘फिफाको अध्यक्षका हैसियले विगतमा यहाँ भएका कामको अनुसन्धानको पक्षमा छु । पहिलो दिनबाटै मेरो लक्ष्य पनि यही नै छ ।’ उक्त सूचनामा इन्फान्टिनोले गत जुनमा स्विजरल्यान्डका महान्यायाधिवक्तासँगको भेटघाट पूर्णरुपमा वैध भएको र यो कुनै पनि नियमको उल्लंघन नगरेको बताएका छन् ।

लौबरले भने जुलाई ३१ बाट लागू हुने गरी राजीनामा बुझाएका महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ । गत जुनबाट स्वीस सरकारी कर्मचारी स्टेफेन केलर सो भेटघाटबारे अध्ययन सुरु गरेका थिए । उनले त्यहाँ शंकास्पद काम भएको पाएपछि महान्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान सुरु गरेका थिए । उक्त बैठकमा मुख्य सरकारी वकिलहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्