नागरिक समाज जाजरकोटले वुझायो प्रमुख जिल्ला अधिकारीलाई ध्यानार्कषण पत्र



बासुदेव शर्मा, जाजरकोट ।
नागरिक समाज जाजरकोटले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको छ । लकडाउनको अन्त्यसगै जाजरकोटमा देखिएको कालो बजारीलाई नियन्त्रण गर्न नागरिक समाज जाजरकोटका अगुवा, एम्नेस्टी ईन्टरनेशनल,मानव अधिकार संगठन, गैर सरकारी संस्था, असल शासन कल्वका मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण पत्र वुझाएका छन् ।

कोरोना भाईरस कोभिड १९ को महामारीलाई नियन्त्रण गरी जनताको जिबनयापनलाई सामान्य वनाउने प्रयास गरिरहदाँ केहि क्षेत्रमा देखिएको समस्याको सम्वोधनका लागीप्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई नागरिक समाज जाजरकोट अगुवा, एम्नेस्टी ईन्टरनेशनल,मानव अधिकार संगठन, गैर सरकारी संस्था, असल शासन कल्वलेचार बुदे ध्यानआकर्षण पत्र वुझाएको छ ।

जाजरकोट जिल्ला भित्र र बाहिर संचालन भएका यातायातका सवारी साधनमा लागु गरिएको भाडा दरमा सरकारी निर्णयलाई लत्याउदै व्यवसायीहरुले मनपरी भाडा असुलेकोले तत्काल नियम अनुसार भाडा लिने व्यवस्था मिलाउन, दैनिक उपभोग्य वस्तुको मुल्य अस्वभाविक रुपमा बृद्धी भएकोले नियन्त्रण गर्नु पर्ने, खलंगा बजार क्षेत्र भित्रका सडक आसपासका संरचनाहरु जोखिमपुर्ण वन्दै गएकोले सम्भावित विपदको अवस्थालाई दृष्टीगत गरी मालवाहक यातायातका साधन ल्याउन बन्देज गरिनु पर्ने,कोरोना भाईरसको जोखिम कायमै रहेकोले मानिसहरुको जमघट हुन नदिन अन्य निजी सार्वजनिक सरकारी कार्यक्रम तथा सेवा प्रवाह लगाएतका काममा सामाजिक दुरीको कायम गर्न निगरानि वढाउनु पर्ने, सामाजिक अभियन्ता र अन्य समुदायको पि सि आर परिक्षण बढाउनु पर्ने माग राख्दै मानव अधिकारकर्मीहरुले चार वुदे ध्यानकर्षण पत्र वुझाएका हुन् ।

मानविय विकास सुचकका आधारमा निकै कमजोर अवस्थामा रहेको जाजरकोटलाई सार्वजनिक सेवामा शुशासनलाई प्रत्याभुत गराउन एकिकृत र वस्तुगत आवश्यकताको प्रयास भईरहेका वेला विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ को महामारीका असरले सुशासन प्रवद्र्धनमा गरिएका प्रयासहरुमा चुनौति थपेकोले जाजरकोटमा देखिएको कालो बजारी नियन्त्रण गरी नागरिकको दैनिक जिवनमा सहजता ल्याउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सरकारले लामो दुरीका सवारी साधन संचालनको लागी खुल्ला नगरेको र छोटो दुरीका सवारी साधन खुल्ला गरेकोले जिल्ला भित्र संचालन गरेका सवारी साधनहरुलाई मनपरी भाडा नलिन आग्रह गरेको वताउनु भयो । पसलबाट विक्रि वितरण हुने खाद्यय वस्तुमा मुल्यको अवस्था, उपभोग गर्ने म्याद नाघेका बस्तुहरु विक्रि वितरण गर्न नदिन समय समयमा बजार अनुगमण गरि खाना नमिल्ने वस्तु नियन्त्रण गरेको वताउनु भयो ।

कोरोना भाईरसको संक्रमण वढी रहेकोले सार्वजनिक स्थानमा नागरिकहरुलाई जमघट हुन नदिन, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सरकारी कार्यालयमा सेवा दिन जाँदा सामाजिक दुरी कायम गरी सेवा लिन र सेवा प्रवाह गर्दा कार्यालयमा भिडभाड नगर्न नेपाल प्रहरीले सुचना गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनु भयो ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन, नागरिकहरुलाई अनिवार्य रुपमा मास्क लगाउन कालो बजारीलाई नियन्त्रण गर्न समय समयमा बजार अनुगमण गरि म्याद नाघेका वस्तुहरु नियन्त्रण गरेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्