अन्तरनिर्भरता र अन्तराष्ट्रिय संम्बन्ध



  • सिर्जना काफले

अन्तर निर्भरताको सिद्धान्त सन् १९४५ पछि संसारबाट उपनिवेशहरु पतन भएर नयां मुलुकहरुको स्थापनासंगै बिकसीत भएको सिद्धान्त मानिन्छ । सन् १९७० को दशक देखि अन्तराष्ट्रिय राजनीतिमा विशेष महत्व राख्ने सिद्धान्तको रुपमा रहेको छ । व्यापक अर्थमादुई वा धेरै मुलुकहरु बिच क्रियाप्रतिक्रिया, सन्धी, संझौता, समझदारी गर्दा दुवै पक्षले पारस्परीक हित र समानताका आधारमा लाभ प्राप्त गर्नु नै अन्तरनिर्भरताको मुल आशय हो ।

नेपालको अन्तराष्ट्रिय सम्वन्धको विषय जटिल वनिरहेको परिप्रेक्ष्यमा अन्तर निर्भरताको सिद्धान्त सान्दर्भिक देखिन्छ । खास गरी पछिल्लो समयमा भारत र चिनसंगको सम्वन्धलाई लिएर विविध कोणवाट विश्व रंग मन्चमा प्रश्नहरु उठीरहेको छ । यस प्रकारको सम्बन्धमा हुने जटिलताकाहरुको एउटै र सरल उपाय आपसी लाभ, सदभाव, प्रगतीर समृद्धि नै हो ।

अन्तरनिर्भरताका इथानम्याकलिनले कुनै राज्यको अधिनायकत्व नभई एक अर्काको पारस्परीक सहयोगको सम्बन्धलाई अन्तर निर्भरताको सम्बन्ध भनेका छन् । अन्तरनिर्भरता मानवीय विकास, सम्बन्ध र सभ्यताको निम्ती समेत जोडिएर आउने गर्दछ । जसरी समाज विकासका लागि समाजको एउटा इकाईको विकासले मात्र त्यसको सम्पूर्ण पक्षको विकाससंग अन्तरनिर्भरता सहितको विकासको खोजीगर्दछ ।

त्यसरी नै अन्तराष्ट्रिय राजनीति, सम्बन्ध र विकासले पनि त्यही कुराको माग गर्दछ । भारत र चिनको जति सामरीक युद्ध चलिरहेको छ,भारत र चिनको व्यापारीक र अन्तरनिर्भरता त्यती नै धेरै छ । नेपाल र भारत बीचपनि सामाजिक आर्थिक सामाजिक अन्तरनिर्भता धेरै आयामवाट प्रष्ट हुन्छ । यस आलेखमा अन्तर निर्भरतासंग सम्बन्धीत केही पक्षको उल्लेख गरिएको ।

लाभांस र लागतःकुनै देशले नयां विषयको परियोजना लागु गर्न श्रम र पूजीको आवश्यकता पर्दछ । त्यसको लागि धेरै राष्ट्रहरुको संलग्नता आवश्यकता पर्दछ र लाभांस पनि बाड्न सकिन्छ । सामुहिक प्रयासबाट लागत र लाभांसमा हिस्सेदारीको अन्तराष्ट्रिय राजनीतिमा प्रभाव वढिरहेको छ अर्थात अन्तरनिर्भरताको सान्दर्भिकतालाई पुन पुष्टी गरिहरेको छ ।

आजको संसारमा श्रोत र साधनसंग जोडिएका प्रश्नहरु राज्य सिमानावाट वारपार भइरहेको छ । हवाई कम्पनीहरु पानीजहाज कम्पनीहरु, रेल मार्गहरु, राजमार्गहरु, होटल, संचार माध्यमहरु आयात निर्यात कम्पनीहरु, बैकहरु सरकारी तथा गैरसरकारी संगठनहरुको संरचनाले अन्तराष्ट्रिय अन्तरनिर्भरतालाई स्थापित गरेको छ ।

राष्ट्रहितः जब राज्यहरु पारस्परीक सम्वन्ध राष्ट्रहितको पक्षमा समानुपातिकता वा बरावरीमा भएको अवस्थालाई अन्तरनिर्भरता भनिन्छ । यसरी अन्तर निर्भरताले एकातिर राष्ट्रहितको संरक्षण विकास र प्रवद्र्धन गर्दछ भने अर्कोतर्फ अन्तर सम्वन्ध आयामहरुको नयां क्षितिजहरु देखा पर्दछ । एक राज्यमाहुने परिवर्तनले अर्को तर्फ पु¥याउने असरलाई कमगर्न सक्नु पनि यसको उद्देश्य रहन्छ । राष्ट्र हितका लागि विश्वमा कमजोर मुलुकको विकास विना समानता संभव छैन । अन्तराष्ट्रिय विकास र अन्तरनिर्भरतालाई आपसीको हित, सम्मान र विकासका लागि आर्थिक कुटनीति भरपर्दो रणनीत हुन्छ ।

सामुहिक प्रयास र प्रभावःविश्वको एकक्षेत्रमा आएको परिवर्तनले विश्व समुदायलाई प्रभावितपार्ने अवस्था छ । विश्व अहिले संकुचित अवस्थामा रहेको छ । विश्वव्यापी रुपमा कोभिड १९,आतंकवाद, जलवायु परिवर्तन जस्ता विषयहरु जसले विश्व समुदायलाई नै प्रभावित पारेको छ । यसको लागि सुरक्षित विश्वका लागि साझा प्रयासको खाचो छ । कोभिड १९ बाट आक्रान्त वनिरहेको सन्दर्भमा विश्वको आपसी हित, समझदारी नभएको भए सायद कोभिड १९ को प्रभाव अझ भयावह हुन सक्दथ्यो । महामारी एक अर्को राज्यसंग व्यक्तिव्यक्ति समुदाय समुदायसंग अन्तरनिर्भर भएर आएको छ । जसवाट हामीले धेरै कुराहरु सिक्न सक्छौ । ”अन्तरनिर्भरता परनिर्भरता होइन बरु एक आपसमा मिलेर सबैको हितको खातिर प्रक्रिया स्थापतिगर्ने एउटा विधि हो । ”

राजनीतिक अर्थशास्त्रःराजनीतिक अर्थशास्त्रमा नव माक्र्सवादीहरुले प्रतिपादन गरेको सिद्धान्तमा अन्तरनिर्भरताको सिद्धान्तलाई महत्व दिईएको छ । अन्तराष्ट्रिय सम्बन्ध र राजनीतिमा ३ वटा सिद्धान्तलाई स्थान दिइएको छ । आधिपत्यको सिद्धान्त, निर्भरताको सिद्धान्त र अन्तर निर्भरताको सिद्धान्त प्रमुख छन् । परम्परागत साम्राज्यवादी र उपनिवेशवादी सिद्धान्तका रुपमा आधिपत्य सिद्धान्त रहेको छ भने यसको विपरीत निर्भरता र अन्तरनिर्भरता रहेको छ । नेपाल भारत सम्वन्धमा भारतले गर्ने नेपालसंग गरेको व्यवहारलाई अधिपत्यको सिद्धान्त र मानसिकतावाट ग्रसित देखिन्छ ।

बजार व्यवस्था र राज्यवीचको समानान्तर अस्तित्व र पारस्परीक अन्तरक्रिया नै राजनैतिक अर्थशास्त्रहो । राज्यका लागि एक अर्कोको उपस्थिति अनिवार्य रहेको हुन्छ । राजनीतिले मुलुकको शासन व्यवस्था, राज्य, सरकार, निर्वाचन अधिकार कानून जनताको बारेमा सोेचेको हुन्छ । अर्थशास्त्रले उत्पादन, वितरण, विनिमय, उपभोग, मुल्यनिर्धारणको बारेमा छलफल गर्दछ ।

राजनीतिक अर्थशास्त्रले राजनीति र बजार अलग भएर चल्न सक्दैन एक अर्कोमा अन्तरनिर्भर भएर मात्र समस्यको समाधानतर्फ उन्मुख हुन्छ भन्ने अवधारणा प्रस्तुत गर्दछ । राज्यको हित राजनीति र अर्थव्यवस्थाको बलियो संयोजनकारी सोच नै विकासको पर्याय हो । अन्तराष्ट्रिय सम्वन्ध र विकासका लागि पनि राजनीतिक अर्थशास्त्र र अन्तरनिर्भरताको विषयखोजी, अध्ययन र अनुसन्धानको विषय वन्नु पर्दछ ।

वर्तमान नेपाल र अन्तरनिर्भरता ः
अन्तराष्ट्रिय संवन्धका बारेमा नेपालले सदैव आफनो ”पोजिसनू परराष्ट्र नीतिको माध्यमवाट प्रष्ट पार्दै आएको छ । अन्तराष्ट्रिय राजनीतिले नेपाल जस्तो विकासन्मुख मुलुकलाई कहिलेकाही जटिल मोडमा पु¥याउने गर्दछ । नेपाल दुई विशाल छिमेकीहरुको विचमा अवस्थित रहेको छ । भौगोलिक अवस्थित पनि नेपालका लागि अत्यन्तै संवेदनशील रहदै आएको छ । आर्थिक दृष्टिकोणले पनि नेपालको विकाशन्मुख राष्ट्र भएको कारण आर्थिक विकासमा प्रतिस्पर्धात्मक भूमिका देखाउन सकेको छैन् । भू राजनीतिका दृष्टिकोणले पनि नेपालको अवस्था संवेदनशील रहेको छ ।

नेपाल अहिले भारत संगको सम्वन्धमा जटिल मोडवाट गुज्रीरहेको छ । विगत लामो समय देखि नेपाल भारत सम्वन्धको खास गरी सिमाविवाद जारी छ । सन १८१६ को असमान सुगौली सन्धीलाई आधार मान्ने हो भने नेपालका थुपै सिमानाहरु भारतद्धारा अतिक्रमण गरिएका छन् । भारतले मान सरोवर जाने वाटो नेपालको भूःभाग अतिक्रमण गदै उद्घाटन गरे पश्चात शुरुभएको विवादले विभिन्न आयमहरु सहित विश्व राजनीतिमा एउटा स्थान र आकार ग्रहण गरेको छ । भारतले गरेको यो अतिक्रमणलाई ऐतिहासिक दृष्टिकोणले हेर्ने हो भने सन् १९४५ अघिको उपनिबेश कालको आधिपत्यको सिद्धान्तसंग जोडेर हेर्ने सकिन्छ । यो एउटा उपनीवेशवादको संरक्षित मानसिकता हो भन्नपनि सकिन्छ ।

नेपाल एउटा स्वतन्त्र सार्वभौम राज्य हो । यसको आफनै संविधान कानुन नियम कार्यविधिद्धारा राज्य संचालन भैरहेको छ । १९४५ पश्चात विश्वमा अन्तरनिर्भरताको सिद्धान्तको विकासले कुनै पनि राज्यअर्को राज्यको अधिनस्त वा अधिनमा रहन सक्दैन, वरु एक अर्कोको राज्यको हितलाई विकास र प्रवद्र्धन गर्न सकिन्छ । त्यो नै २१ औ शताव्दीको कुटनैतिक तथा राजनीतिक तरीका मान्न सकिन्छ । नेपाल भारतका अनेक अन्तर निर्भरता मध्ये वस्तु, सामाग्री अर्थ, संस्कृति, समाज, पूर्जी, प्रविधि, सीमा विकास,जल,थल,मानवहरु छन्, जसवाट नयां परियोजना सहित दुवै राज्यको संवृद्धिको ढोका खोल्न सकिन्छ ।

(लेखक सिर्जना काफले अधिकारकर्मी तथा कुटनीतिकका विषयमा कलम चलाउनु हुन्छ ।)

प्रतिक्रिया दिनुहोस्