पिर्लो युभेन्ट्स अन्डर २३ को प्रमुख प्रशिक्षक



एजेन्सी ।
इटालियन सिरी ए क्लब युभेन्ट्सले आफ्ना लिजेन्ड खेलाडी पिर्लोलाई क्लबको यु–२३ टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । बिहिवार युभेन्ट्सले आधिकारिक रूपमा पिर्लोलाई युवा टोलीको प्रशिक्षकमा नियुक्त गरेका हो ।

पिर्लोसँगको सम्झौताका अन्य पक्षबारे भने क्लबले केही पनि जानकारी दिएको छैन । पिर्लोले सन् २०१५ मा क्लब छाडेका थिए । उनी ठीक ५ वर्षपछि युवा टोलीका प्रशिक्षक बनेर क्लब फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्