सचिनले कम दोहोरो शतक बनाए



नया“दिल्ली, (एजेन्सी)
भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देवले सचिन तेन्डुलकर टेस्टमा अधिक दोहोरो शतक बनाउन असफल भएकोमा प्रश्न उठाएका छन्।
कपिलले भने कि सचिन शतक कसरी बनाउने भन्ने जानेका छन्, तर उनी दोहोरो र तेहेरो शतकमा परिणत गर्ने कलामा खासै विज्ञ थिएनन् । उनले महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक डब्ल्युभी रमनस“गको अन्तर्वार्तामा यसो भनेका थिए।
सचिनले टेस्टमा वीरेन्द्र सेहवाग, जाबेद मियादाद, रिकी पोन्टिङ, युनुस खान र मर्भन अटापटुलेझैं ६ दोहोरो शतक बनाएका छन्। तर, पनि उनी टेस्टमा सर्वाधिक शतक बनाउने खेलाडीको सूचीमा १२औं स्थानमा छन्। किनकि, उनले २ सय टेस्ट खेलेर त्यति मात्रै दोहोरो शतक बनाएका छन्। यस सूचीमा अस्ट्रेलियाका ब्याट्सम्यान डन ब्रैडम्यान १२ दोहोरो शतकसहित शीर्ष स्थानमा छन्। कपिलले पूर्वभारतीय कप्तानको यही ब्याटिङ पक्षको कुरा उठाएका हुन्।
कपिलले बताए कि सचिन छिटो गति र स्पिन दुवै विधाका बलरको हरेक ओभरमा एक बाउन्ड्री लगाउने क्षमता राख्दछन् । यस्तोमा उनले कमसेकम ५ तेहेरो शतक र १० दोहोरो शतक बनाउनुपर्ने उनले बताए। तर, उनले टेस्टमा एउटा पनि तेहेरो शतक लगाउन सकेनन् । तर, सचिनले टेस्टमा कम संख्यामा दोहोरो शतक लगाउनुमा शुरुआती करियरलाई जिम्मेवार ठहराए।
उनले भने– ‘सचिन मुम्बईका हुन्, यसैले उनको मानसिकता यस्तो थियो कि जब शतक लगायो तब फेरि नया“ शुरुआत गर्नुपर्छ । तर, यो तरिका मलाई मनपरेकोे थिएन। मैले भनेको पनि थिए“ कि तपाईं सानदार ब्याट्सम्यान हो बलरहरू तपाईंस“ग डराउनुपर्छ। तर, शतक बनाएपछि उनी छिटो खेल्नेभन्दा सिंगल्स रन लिन्थे।
सचिन टेस्टमा सबैभन्दा बढी शतक प्रहार गर्ने ब्याट्सम्यान हुन्। ५१ शतक लगाएका उनलाई टेस्टमा दोहोरो शतक लगाउन १० वर्ष लागेको थियो। उनले १९९९ मा न्युजिल्यान्डविरुद्ध हैदराबादमा दोहोरो शतक बनाएका थिए। तर, उजी वानडेमा दोहोरो शतक लगाउने पहिलो ब्याटसम्यान पनि हुन्।
सचिनले २०१० मा दक्षिण अफ्रिकाविरुद्ध करियरको पहिलो दोहोरो शतक बनाएका थिए। २०१३ मा संन्यास लिएका उनले २ सय टेस्टमा ५४ दशमलव शून्य ४ औसतसहित १५ हजार ९ सय २१ रन बनाएका थिए। त्यस्तै, वानडेमा ४ सय ६३ खेलबाट ४४ दशमलव ८३ औसतका साथ १८ हजार ४ सय २६ रन बनाए। भारतका लागि सबैभन्दा बढी ७ दोहोरो शतक वर्तमान कप्तान विराट कोहलीले बनाएका छन्। भारतको तर्फबाट तेहेरो शतक लगाउनेमा वीरेन्द्र सेहवाग र करुण नायर रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्