खेलप्रेमी सूचनाबाट वञ्चित



हेटौंडा, (नेस)
मकवानपुरमा ५८ वटा खेल संघ दर्ता छन्। ती सबै संघले आधुनिक सूचना प्रविधि उपयोग गर्न सकेका छैनन्। संघको मात्र होइन, जिल्ला खेलकुद विकास समितिकै आफ्नो वेबसाइट छैन।
जिल्लाका अधिकांश खेल संघले सूचना जारी गर्नुपरे फेसबुक वा म्यासेन्जरमार्फत गर्दै आएका छन्। सूचना प्रविधिले संसारलाई एउटै गाउ“जस्तो बनाइसक्दा पनि खेल संघका आफ्नै वेबसाइट नहुनुले मकवानपुरे खेलाडी तथा खेलबारे आधिकारिक सूचना पाउन कति मुस्किल छ भने प्रस्ट देखाउ“छ।
खेल संघहरू वेबसाइटको पहु“चमा नहु“दा खेलाडी र खेलबारे चासो राख्नेले समयमै सही सूचना वा जानकारी पाउन सकेका छैनन्। मकवानपुरका खेलाडी र खेलप्रेमी सूचनाको पहु“चमा नहु“दा उनीहरूलाई घरघरै खोज्दै हि“डनुपर्ने अवस्था छ।
क्रिकेट संघ मकवानपुरका अध्यक्ष वासुलाल श्रेष्ठ भन्छन्– ‘हालसम्म हामीले फेसबुक, म्यासेन्जर, सञ्चार माध्यबाट सूचना पु¥याइरहेका छौं । छुट्टै वेबसाइट भए त झन् राम्रो हुने थियो, पत्रपत्रिका तथा सञ्चार माध्यममा पहु“च नहुनेले जति बेला पनि सूचना हेर्न सक्थे। तर, हामीस“ग स्रोतसाधन नभएका कारण सहजढंगले कार्य अघि बढाउन सकेका छैनौं।’
श्रेष्ठ भन्छन्– ‘क्रिकेट प्रतियोगिता गर्न त आर्थिक सहयोग माग्नुपर्ने अवस्था छ। सहयोगी दाता खोज्नुपर्छ । वेबसाइट राम्रोस“ग सञ्चालनमा ल्याउन दैनिक अपडेट दिने अनलाइनसम्बन्धी ज्ञान भएका कर्मचारी आवश्यक पर्दछ। हाम्रो आर्थिक पहु“चले त्यसो गर्न सक्दैन। यसमा सरकारले सहयोग गर्ने हो भने राम्रो हुने थियो कि?
क्रिकेट संघ मात्र होइन, फुटबल संघको पनि अवस्था उस्तै छ। संघका अध्यक्ष टीका लामा भन्छन्– ‘फुटबल संघको पेज छ तर छुट्टै वेबसाइट छैन। हामीले पेज, मेल आइडी तथा सञ्चार माध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्ने गरेका छौं। खेलप्रेमीलाई मध्यनजर गर्दै वेबसाइट छिट्टै सञ्चालनमा ल्याउनेछौं। फुटबल क्षेत्रमा के कस्ता गतिविधि भइरहेका छन् भन्ने कुराको जानकारी दिनेछौं’, लामाले भने ।
खेल क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादनमा मकवानपुर जिल्ला अन्य जिल्लास“ग प्रतिस्पर्धाको रूपमा रह“दै आएको छ। यहा“का प्रदेशबाट उत्पादित खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समेत सहभागी भएका छन्।
जिल्ला खेलकुद विकास समिति प्रमुख राजन (खुशराज) दाहालले भने– ‘समितिकै पनि वेबसाइट छैन, युवाले चाहेको २१ औं शताब्दीको जस्तो वेबसाइट हुनुपर्ने थियो। त्यो बनाउन नसकिएको उनले स्वीकार गरे। यसका लागि छिट्टै प्रयास गर्नेछौं’, दाहालले भने ।
जिल्लामा हाल करिब सात सय ५० खेलाडी रहेको समितिले जनाएको छ । जसमा प्रदेश मातहत खेल्ने दुई सय ५० जना रहेका जिल्ला खेलकुद विकास समितिका प्रमुख दाहालले जानकारी गराए । राष्ट्रियस्तरमा ६५ जनाको सहभागिता छ भने अन्तर्राष्ट्रियस्तरसम्म खेल्ने २५ जना रहेका दाहालको अनुमान छ ।
समितिमा दर्ता भएका ५८ वटा खेल संघमध्ये फुटबल, क्रिकेट, बक्सिङ, तेक्वान्दो, करा“ते, एथ्लेटिक्स, बुद्धिचाल, तेक्वान्दो युनियन, ब्याडमिन्टन, उसु, फुलकन्ट्याक्ट करा“ते, हक्की, साइक्लिङ, बडिबिल्डिङ र किक बक्सिङ गरी १७ संघ सक्रिय रहेको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्