सान्चोका लागि युनाइटेडको कसरत



लन्डन, (एजेन्सी)
जर्मन बुन्डेसलिगा टोली बोरुसिया डर्टमन्डका युवा स्ट्राइकर जाडोन सान्चोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टोलीमा भिœयाउन निकै कसरत गरिरहेको छ।
डर्टमन्डस“ग लगातार सम्पर्कमा रहेको युनाइटेडले प्रस्ताव दिइरहेको छ। तर, डर्टमन्डले भने युनाइटेडको प्रस्तावप्रति कुनै चासो देखाएका छैनन्। बाइल्ड अखबारका अनुसार युनाइटेडले २१ वर्षीय युवा खेलाडी सान्चोको लागि ८९ मिलियन पाउन्डको प्रस्ताव राखेको थियो। तर, जर्मन क्लबले सो प्रस्तावलाई सिधै अस्वीकार गरिदिएको छ।
डर्टमन्ड सान्चोको लागि १०९ मिलियन पाउन्डको चर्को मूल्यकै मागमा अडिग छ। उनी म्यानचेस्टर सिटीबाट सन् २०१७ मा डर्टमन्डमा अनुबन्ध भएका थिए। उनको क्लबस“ग सम्झौता अवधि अर्को वर्षसम्म बा“की रहेको छ। उनले आगामी सिजनका लागि प्रशिक्षण पनि शुरू गरिसकेका छन्।
सान्चोले डर्टमन्डका ४४ खेलमा २० गोल र २० एसिस्ट गरेका छन्। यदि, उनी बहिर्गमन भएमा उनको स्थानमा डर्टमन्डले लिलेका जोनाथन इकोनलाई ल्याउने पनि जनाएको छ। इकोनको क्षमता इडेन हाजार्ड, बेन्जामिन पभार्ड र फ्रान्क रिबरीको युवा अवस्थाको प्रदर्शनस“ग तुलना गरिएको छ।
यसै क्रममा जोएलसन फर्नान्डेजलाई प्रिमियर लिग क्लब आर्सेनलले अनुबन्ध गर्न लागेको छ। उनको मूल्य राखिएको छ ४१ मिलियन पाउन्ड। अर्का क्रिस्टियानो रोनाल्डो भनेर चर्चित भएका फर्नान्डेजका लागि आर्सेनलले सो मूल्य तयार पारेको हो।
पोर्चुगल लिगको क्लब स्पोर्टिङले भने उनको अनुबन्धलाई सन् २०२५ सम्म बढाउने विश्वास गरेको छ। अन्यमा स्पेनी शीर्ष क्लब बार्सिलोना र इटाली शीर्ष क्लब युभेन्ट्सले पनि उनलाई अनुबन्ध गर्ने कोसिसमा रहेका छन्।
यसैगरी, म्यानचेस्टर सिटीले भ्यालेन्सियाका विंगर फेरान टोरेसलाई अनुबन्ध गर्न पहिलो प्राथमिकता राखेको छ। ईएसपीएनले जनाएअनुसार २० वर्षीय टोरेस इतिहाड रंगशालामा जान ईच्छुक रहेका छन्। २० वर्षीय खेलाडीको भ्यालेन्सियामा अनुबन्ध सकि“दै छ र क्लबले अझै उनको अनुबन्धलाई नवीकरण गरेको छैन। उनको मूल्य ४० मिलियन पाउन्ड तोकिएको छ।
नया“ सिजनका लागि टोटनहामले पनि खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ। टोटनहामले साउथाम्पटनबाट पिइरे इमिले हबयर्गलाई अनुबन्ध गर्न नजिक पुगेको जनाएको छ। २४ वर्षीय डेनिस खेलाडीका लागि १५ मिलियन पाउन्ड प्रस्ताव रारिखएको छ। तर, उनको वास्तविक मूल्य २५ मिलियन पाउन्ड रहेको पनि साउथाम्पटनले बताएको छ। यी दुई क्लबबीच उनीबारे छलफल पनि भइरहेको छ।
ला लिगा विजेता रियल मेड्रिडले सेभियाका सेन्टर ब्याक जुलेस काउन्डेलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ। ईएसपीएनले जनाएअनुसार सेभियामा राम्रो प्रदर्शन गरेका २१ वर्षीय काउन्डेलाई गत सिजनमै जिनेदान जिदानले अनुबन्ध गर्न ईच्छुक भएका थिए। काउन्डेले ला लिगामा डेब्युमै सेभियालाई अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट गर्न सहयोग गरेका थिए। डिफेन्डरले २९ खेलमा सहभागिता जनाएका थिए। फ्रान्स अन्तर्राष्ट्रिय खेलाडीको मूल्य ३५ मिलियन यूरो रहेको छ।
यतातिर युवा खेलाडीलाई शीर्ष क्लबहरूले अनुबन्ध गर्न जोडतोड चलिरह“दा अर्कोतिर ३० उमेर काटेका खेलाडीको पनि माग उतिकै रहेको छ। इटाली ‘सिरी ए’ क्लब लाजियोले ३४ वर्षीय डेभिड सिल्भालाई क्लबमा भिœयाउन लागेको छ। ब्राजिली खेलाडीले गत साता म्यानचेस्टर सिटीलाई गुडबाइ भनेका थिए। उनको बिदाइ कार्यक्रम च्याम्पिन्यस लिगमा हुने जनाएको छ।
भर्खरै सकिएको प्रिमियर लिग सिजनमा औसत प्रदर्शन गरेको एभर्टनले पाको खेलाडीलाई क्लबमा ल्याउने योजनामा रहेको छ। रसियन लिग क्लब जेनिट सेन्ट पिटर्सबर्गका कप्तान ब्रानिस्लाभ इभानोभिचमाथि एभर्टनको नजर बसेको छ। भेटेरान खेलाडी इभानोभिचले सर्बियन फुटबलमा फर्किन नचाहेको बताउनुले पनि उनी इंग्लिस लिगमा आउन सक्ने प्रबल सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्