सन्दीपले सीपीएलमा खेल्न पाउने भए



नेपाल समाचारपत्र, काठमाडौं
विश्व चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा खेल्न पाउने भएका छन्।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सीपीएलको तेस्रो संस्करणमा खेल्न आज बिहीबार वेस्टइन्डिजतर्फ प्रस्थान गर्नेछन्। उनी बेहान १० बजे कोरियन एयरलाइन्सको चार्टर्ड विमानमार्फत त्यसतर्फ जाने भएका हुन्। उनी अमेरिकामा ट्रान्जिट हु“दै अगस्ट १ मा खेलस्थल सेन्ट लुसिया पुग्ने उनका व्यवस्थापक रमण सिवाकोटीले जानकारी गराएका छन्।
त्यहा“ पुगेर सन्दीपले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। त्यसपछि उनले भदौ २ गतेदेखि आयोजना हुने सीपीएलमा सहभागिता जनाउनेछन् । जमैका तलावाहजस“ग १ लाख ३० हजार अमेरिकी डलरमा आबद्ध भएका सन्दीपले पहिलो खेल भदौ ३ गते खेल्नेछन्।
सन्दीपको यो सीपीएलमा लगातार तेस्रो सहभागिता हुनेछ। यसअघि उनी सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्रिडेन्ट्सबाट खेलेका थिए। यो प्रतियोगितापछि उनले यूएईमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता जनाउनेछन्। उनी आईपीएलमा दिल्ली क्यापिटल्सस“ग नेपाली ३२ लाख रुपिया“मा पनि अनुबन्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्