‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको परिवारलाई कोरोना संक्रमण



एजेन्सी ।

चर्चित फिल्म ‘बाहुबली’ का फिल्म निर्देशक एसएस राजामौलीको सबै परिवार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजामौलीले ट्वीट गर्दै आफ्ना परिवारका सबै सदस्यलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन् । केही दिनदेखि हल्का ज्वरो आएका उनीहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट ’पोजेटिभ’ आएको उनले बताएका छन् । राजामौलीका सबै परिवार हाल चिकित्सकको सल्लाहअनुसार ‘होम क्वारेन्टाइन’मा छन् ।

उनलाई कोरोना संक्रमण भएको खबर बाहिर आए लगत्तै कलाकार तथा उनका प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्