पाश्चात्य कलाको इतिहास पुस्तकमा



कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीद्वारा लिखित पाश्चात्य कला संक्षिप्त इतिहास पुस्तकको दोस्रो भाग सार्वजनिक गरिएको छ। विश्वकला इतिहासलाई सरलरूपमा लेखिएको पुस्तक सिर्जना कलेज अफ फाइन आट्र्सले प्रकाशन गरेको हो। पुस्तकमा विश्वकला जगत्मा देखापरेका कलाका विविध शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ।

राजभण्डारीकै यसअघि प्रकाशनमा आएको पुस्तकको पहिलो भागमा पाषाण युगदेखि सोह्रौं शताब्दीसम्मको पाश्चात्य कलाको चिरफार गरिएको थियो। दोस्रो भागमा सत्रौं शताब्दीदेखि २१औं शताब्दीसम्म विश्वमा चलेका कलाका विभिन्न शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ।

कलाकार तथा कलालेखक राजभण्डारीले पाश्चात्य कलाको संक्षिप्त इतिहास लेखनका क्रममा पहिलो भाग प्रकाशित भएको ठीक सात वर्षको अन्तरालमा दोस्रो भाग निकालेको बताए। ‘पाश्चात्य कलाबारे नेपाली भाषामा पुस्तकको उपलब्धता होस् भन्ने चाहना राख्ने पाठकको माग र आवश्यकतालाई यस पुस्तकले सम्बोधन गर्नेछ भन्ने विश्वास छ।’ –उनले भने। पुस्तकमा सत्रौं शताब्दीपछि युरोपमा चलेका कलाका विविध आन्दोलन र तिनले ल्याएको परिवर्तनलाई समेत चित्रण गरिएको छ।

युरोपमा सत्रौं शताब्दीमा विकास भएको बरोक कलाशैली, कलाकृति र कलाकारको चिन्तन, परिवेश तथा त्यसको प्रभावको विषयलाई समेत पुस्तकमा समावेश गरिएको छ। त्यस्तै, अठारौं शताब्दीको रोकोको, नवशास्त्रीयवाद, स्वच्छन्दवादमा विकास भएका कला र तिनका चिन्तन र परिवेशलाई पुस्तकमा सरल ढंगले चित्रण गरिएको छ। १९औं शताब्दीमा विकास भएको नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद तथा आधुनिक कलाको आरम्भलगायतका विषयले विश्वकला जगत्मा भएका विविध आन्दोलन, शैली र तिनका प्रवृत्तिलाई बुझ्न पुस्तक निकै उपयोगी छ। त्यसै गरी २०औं शताब्दीमा विकास भएको कलाको अवस्था, परिवेश र सामाजिक जीवनलाई समेत पुस्तकमा उतारिएको छ।

कलाकार तथा कलालेखक राजभण्डारीले पुस्तकको पहिलो भागमा पाषाणयुगीन गुफा कलादेखि सोह्रौं शताब्दीसम्मको पाश्चात्य कलाको इतिहास समेटिएको जनाउ“दै भने– ‘दोस्रो भागमा सत्रौं शताब्दीको बरोक कलादेखि बीस“ैं शताब्दीको उत्तराद्र्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कलाकारबारे संक्षेपमा जानकारी जुटाउने प्रयास गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्