एनसेल र हिसानबीच विशेष सेवा दिने सम्झौता



काठमाडौं । एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्ने भएको छ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवा बन्डलसहितको सेवा लिन सकिन्छ ।

विशेष योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० रुपियाँ (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी-फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टक टाइम, ५० मिनेट अन नेट टक टाइम र ५० अन नेट एसएमएस सेवा पाउ“छन् । साथै मासिक ३५० रुपियाँ (करबाहेक) को योजना पनि रहेको छ ।

समझदारीपछि एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो– ‘कोभिड–१९ को चुनौतीमा कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ । विद्यार्थी भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पु¥याउनका लागि हिसानस“ग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।’
हिसानका अध्यक्ष रमेशकुमार सिलवालले समझदारीबाट आफूहरू उत्साहित भएको बताउनुभयो ।

‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो–‘भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको सहकार्यले शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।’

हिसानको सिफारिसका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिकाले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्