सिटिजन्स बैंकको सरल घर कर्जा



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले एकल अंकको ब्याजदरमा ‘सिटिजन्स घर कर्जा योजना’ ल्याएको छ । बैंकले ९ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा योजना ल्याएको छ ।

उक्त कर्जा घरजग्गा खरिद गर्न तथा निर्माण गर्न प्रदान गर्ने भएको छ । ग्राहकले कागजात पेश गरेको तीन कार्य दिनभित्र निर्णय हुने यो कर्जाको २५ वर्षसम्मको रहेको छ । साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्