ट्राफिक प्रहरीलाई सांकेतिक सामग्री प्रदान



तनहुँ, (नेस)
ट्राफिक संकेतका सागम्रीहरु बिग्रिने र काम नगर्ने अवस्थामा पुगेको छ । ती सामग्रीहरुको मर्मत् तथा समयमा नफेरिदा दुर्घटना बढ्ने सक्ने सम्भाव्यतालाई व्यास नगरपालिकाले टेवा पु¥याएको छ ।
नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई मंगलबार विभिन्न ट्राफिकका सांकेतिक सामग्री प्रदान गरेको छ । रिफ्लेक्टीभ बोर्ड १५ थान र फ्लेक्स वोर्ड २० थान प्रदान गरेको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ट्राफिक संकेतको अभावले बजार क्षेत्र तथा राजमार्गमा दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनमा मद्दत पु¥याउने उद्देश्यले ती सामाग्रीहरु प्रदान गरिएको न्यौपानेले बताउनुभयो ।
उहाँले शहरी क्षेत्रलाई व्यवस्थित गर्ने कार्यमा नगरपालिकाको साथ र सहयोग रहने बताउनुभयो । बजार क्षेत्रका सफासडक, गणेशमान चोक लगायतका स्थानमा पार्किङ, सवारी व्यवस्थापनका विषयमा छलफल गरेर अगाडि बढ्ने भएको उहाँको भनाई छ । कानुनी शासन कायम गर्दै उहाँले भन्नुभयो, ‘ट्राफिक नियम व्यवस्थापनमा देखिएका समस्याको समाधान गर्न नगरपालिकाले प्रतिबद्ध रहेको छ ।’
प्रहरी उपरीक्षक अरुण पौडेलले संवेदनशील विषय दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा स्थानीय तहको सहयोगले व्यवस्थित पार्नमा टेवा पुग्ने बताउनुभयो । नगरपालिकाले गर्ने विकास निर्माणमा शान्ति सुरक्षा कायम गर्नमा प्रहरी सधै साथमा रहने प्रहरी उपरीक्षक पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्