शैलीमा संवाद



कोरोना महामारीका कारण दर्शकको भीडभाड हुने सबै रंगमञ्चगत ६ महिनादेखि बन्द छन्।
०६५ सालमा स्थापना भई सक्रिय रहेको नाट्य संस्था शैली थिएटरको रातो पुलमा अवस्थित नाटकघर पनि सुनसान जस्तै छ। नियमित नाटक मञ्चन कार्य ठप्प भएपनि शैली थिएटर भने सक्रिय रहेको छ। भर्चुअल माध्यमबाट सञ्चालन गरेको विश्व बालकविता महोत्सव होस् वा राष्ट्रियस्तरमा आयोजना गरेको निबन्ध प्रतियोगिता होस्, शैली थिएटर आफ्ना दर्शकसँग जोडिइ राखेको छ।

शैलीले हालभने आफ्नो फेसबुक पेजमार्फत लाइभ गरेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसँग भलाकुसारी गर्ने गरि शैली संवाद शुरुआत गरेको छ। हरेक एक दिन बिराएर फेसबुक मार्फत विभिन्न विषयमा कुराकानी गर्ने योजना अनुसार भिन्न–भिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरूलाई आमन्त्रण संवादलाई अगाडि बढाएको थिएटरले जनाएको छ।

‘लकडाउनपछि पनि जीवन अझै सहज नभएकाले ठँलो समँहमा नाटकघर आएर काम गर्ने अवस्था छैन। हाम्रा साथीहरू पनि उपत्यका बाहिर आ–आफ्नो घर पुगेका छन्। यस कारण पनि भर्चुयल माध्यमबाट दर्शक तथा सहकर्मीसँग सम्बन्ध जोडी राख्न सानो समूहमा काम शुरू गरेका छौं।’ –थिएटरका महासचिव एवं कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपानेले भने।

न्यौपानेकाअनुसार शैली संवादको औपचारिक शुरुआत शैलीले आयोजना गर्ने ११औं राष्ट्रिय बाल नाटक महोत्सवबाट भएको थियो। कार्यक्रम संयोजक तथा प्रस्तोता सरस्वती अधिकारीका अनुसार संवाद मूलक कार्यक्रम दर्शक एवं स्रोताले रुचाएकाले यसलाई निरन्तरता दिइएको होे। यस क्रममा शनिबार रंगकर्मी, कलाकार तथा निर्देशक प्र≈लाद खनालसँग कुराकानी गर्दै शैली संवादको सिजन शुरू भएको हो।

संवादहजारौं दर्शकले प्रत्यक्ष हेरेको र समग्रमा १८ हजार दर्शक माझ पुगेकाले अझ हौसला मिलेको अध्यक्ष नवराज बुढाथोकीले बताए। सोमबार सगुना शाहले नेपालमा किताब अध्ययन गर्ने बानीको विकास र रंगमञ्चमा केन्द्र्रित भएर अभिव्यक्ति दिएकी थिइन्।

एक दिनको अन्तरालमा शैली संवाद निरन्तर दुई हप्तासम्म चल्ने थिएटरले जनाएको छ। थिएटरका व्यवस्थापक सुवास सुवेदीका अनुसार आज बुधबार नाटककार अशेष मल्ल, १६ गते प्याब्सन महासचिव कुमार घिमिरे, १८ गते समीक्षक र निबन्धकार कुमारी लामा, २० गते निर्देशक तथा कलाकार रीता साह, २२ गते कलापत्रकार वर्षा महर्जन, २४ गते लेखक अभिमन्यु निरवी र २६ गते किताब यात्राका प्रबन्ध निर्देशक विकेश भट्टराई अतिथि रहनेछन्।

प्रतिक्रिया दिनुहोस्