टेलिकमको टपअपमा नयाँ सुविधा



काठमाडौं, (नेस)
नेपाल टेलिकमका विभिन्न सेवाको टपअप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड एस्ट्रिक ४१२ ह्यास प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जीएसएम मोबाइलबाट एस्ट्रिक ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवा मेनुमा देखिन्छ ।

त्यसपछि त्यहाँ उल्लिखित सेवा नम्बर अनुसार छनोट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिने नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाको रिचार्ज युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम एक्टिभ गर्न हाल १४१५ मा कल गरी फस्र्ट कल एक्टिभिएयसन गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले एस्ट्रिक १४१४ ह्यास डायल गरी गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिचार्जसमेत थप सहज रुपले गर्न सकिने कम्पनीको अपेक्षो छ ।

प्रतिक्रिया दिनुहोस्