गाडिएको अवस्थामा शिशुको शव फेला



बारा, (नेस)
अवैध गर्भधारणबाट जन्मेपछि हत्या गरेर खाल्टोमा गाडिएको अवस्थामा प्रहरीले कोल्हवी नगरपालिका–१० को थस्कौल गाउँबाट सोमबार नवजात शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले थस्कौल गाउँको पैनी छेउको खाल्टोमा गाडेको आवस्थाको शव उत्खनन गरेर निकालेको हो ।

शिशुको हत्या आशंकामा प्रहरीले कोल्हवी नगरपालिका–९ की २३ वर्षीय युवती र उनका बुबालाई नियन्त्रणमा लिएको छ ।

हत्या आशंकामा बाबु–छोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक बलिस्टर सिंहले जानकारी दिनुभयो ।

अवैध गर्भबाट जन्माएपछि कर्तुत लुकाउन बाबु–छोरीले मिलेर शिशुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्