लकडाउन त खुल्यो, महामारी घट्न सकेन



  • बद्री तिवारी

सरकारले यही साउन ५ गते मुलुकभर लकडाउन खुकुलो पार्ने निर्णय ग¥यो, चार महिनासम्म घरमै बस्न बाध्य नागरिकहरुले केही राहतको महसुस पनि गरे, तर कोरोना भाइरस (कोभिड–१९) को महामारीले थप संक्रामकरुप लिन लागेका घटनासम्बन्धी समाचारले भने अधिकांशलाई त्रस्त बनाएको छ । रोग कम हुँदै जाला भन्ने अपेक्षा गरिएकै बेला यस महामारीले समुदायलाई पनि संक्रमित गर्दै लगेको अवस्था थप जोखिमपूर्ण बन्न लागिरहेकोले आम समुदायलाई चिन्तित बनाउनु अस्वाभाविक होइन ।

कोरोना महामारीका पछिल्ला समाचारहरु निश्चय नै सन्तोषजनक छैनन् । मुलुकका विभिन्न ठाउँमा कोरोनाबाट संक्रमित भएका, स्वास्थ्यलाभ गरेका, निको नभएर जीवन गुमाउन पुगेका तथा संक्रमण रोकथाम र उपचारलगायत गतिविधिका बारेमा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तामार्फत नियमित रुपमा पत्रकार सम्मेलन गराएर जानकारी दिँदै आएको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।

नेपालमा हालसम्म यस रोगबाट संक्रमित हुने १८ हजार ६ सय १३, निको भएर घर फर्केकाहरु १३ हजार १ सय २८, अस्पतालमा उपचार गराइरहेका ५ हजार ४ सय ४० र ज्यान गुमाउनेमा४५ जना रहेका छन् । उद्योगी व्यवसायी तथा सर्वसामान्य नागरिकबाट सरकारलाई लकडाउन खोल्नका लागि दिइएको दबाबका कारणसरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराएर सुरक्षित आवतजावत तथा विविधखालका गतिविधि सञ्चालन गर्न अनुमति दिएको हो । त्यसो त सरकारले समेत कोरोनाका कारण आर्थिकरुपमा ठप्प भएको मुलुकलाई थोरै भए पनि चलायमान गराएर सरकारी राजस्व संकलन गराउने उद्देश्य राखेको हो ।

तर यस्ता प्राकृतिक प्रकोपको अन्त्य हुने समयको कुनै अनुमान लगाउन सकिँदैन । किनकि आज एक ठाउँमा देखिएको भाइरस भोलि अर्कै ठाउँमा पुगिसक्नु भनेको कुनै सहज व्यक्तिको आवागमनले नै हो ।

जनस्वास्थ्यविद्हरुका अनुसार मानिसहरु जति धेरै हिँडडुल गर्छन्, रोग सर्ने सम्भावना त्यतिनै हुन्छ । त्यसैले जथाभावी हिँड्न दिनु वा बेरोकतोक सबैलाई छाडा छोड्नु भनेको संकट निम्त्याउनु नै हो, फलस्वरुप यसले अनपेक्षितरुपमा मानिसको जीवनलाई उम्कन नसक्ने गरी संकटमा पार्दछ भन्ने कुरा अमेरिका, ब्राजिल, स्पेन, इटाली, स्वीडेन, बेलायत, फ्रान्स, जर्मनीलगायत मुलुकको हालतले विश्वका अन्य मुलुकलाई पाठ सिकाइरहेको छ ।

युरोप र अमेरिकाका कतिपय मुलुकलाई शुरुदेखि नै लकडाउन नगर्दा पछुतो भइरहेका समाचार पनि आइरहेका छन् । बालबालिका, वृद्धवृद्धा तथा युवायुवती कसैलाई नछोड्ने यो रोग कुनैबेला निर्मूल होला भन्ने आशा गरिँदै आएको थियो तर हालसम्म पनित्यसको औषधि÷भ्याक्सिन पत्ता लाग्नसकेको छैन । हालसम्मपत्ता लगाइएको भनिएका औषधिहरु मानिसको शरीरमा रोग–प्रतिरोधात्मक शक्ति वृद्धि गर्नका लागि मात्रसही साबित भएका छन् । त्यति मात्रै भए पनि विगतको तुलनामा विभिन्न देशमा मानिसको मृत्युदरमा केही कमी भएको पनि बताइएको छ ।

कोरोना भाइरसबाट अत्यधिक प्रभावित देशहरुको एक झलक

  • हाल विश्वभर कोरोनाबाट संक्रमितको संख्या १ करोड ६४ लाख २४ हजार ८ सय ४१ छ भने ६ लाख ५२ हजार ३ सय ४३ को मृत्यु भएको छ ।
  •  सबैभन्दा बढी कोरोनाभाइरस संक्रमितहरुको संख्या भएको मुलुक अमेरिका र दोस्रो ब्राजिल रहेको तथ्यांकले देखाएको छ । तेस्रो बढी संक्रमितहरुको संख्या भएको छिमेकी मुलुक भारत हो ।
  •  सोमबार दिउँसोसम्म वल्र्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाकै कारण मृत्यु हुने १ लाख ४९ हजार ८ सय ४९ र संक्रमितहरुको संख्या ४३ लाख ७१ हजार ८ सय ३९ छ ।
  •  त्यसैगरी ब्राजिलमा संक्रमितहरुको संख्या २४ लाख १९ हजार ९ सय १ छ भने मृत्यु हुनेको संख्या ८७ हजार ५२ छ ।
  •  त्यस्तै छिमेकी मुलुक भारतमा १४ लाख ३७ हजार ९ सय ७६ संक्रमित भएका छन् भने ३२ हजार ८ सय २६ जनाले जीवन गुमाइसकेका छन् । आइतबार विश्वमा सबैभन्दा बढी कोरोनाबाट संक्रमित हुनेमध्ये३८ हजार ७ सय ८ भारतकै नागरिक थिए ।

‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भनेजस्तै आफ्नो स्वास्थ्य सुरक्षित राख्न आफैं सजग हुनुपर्ने पहिलो तथा अनिवार्य सर्तलाई अधिकांश नागरिकले पालना गर्न हेल्चेक्र्याइँ गरिरहेकोले यो रोग झन्–झन् नयाँरुपमा देखा परिरहेको छ । कोरोनाभाइरसबाट आफ्नो स्वास्थ्य जोगाउनका लागिपटक–पटक साबुन–पानीले हात धुने, स्यानिटाइजर लगाउने, नाक–मुख पूरै छोपिने गरी मास्क लगाउने, अर्को व्यक्तिसँग भेट्दा वा सानोतिनो बैठकमा सहभागी हुँदा कम्तीमा ६ फिटको भौतिक दूरी कायम गर्नेलगायतका नियमहरुलाई बेवास्ता गर्दा आफ्नै लागि हानि पुग्छ भन्ने कुरा आम नागरिकले बुभ्mनु आवश्यक देखिन्छ ।

हाल नेपालमा खासगरी तराईका जिल्लाहरुमा भारतबाट लुकिछिपी कामका लागि आउने मजदुरहरुबाटै कोरोना भित्रिएको निष्कर्ष त्यहाँका स्थानीय अधिकारीहरुले निकालेका छन् । उनीहरुको पहलमा त्यहाँस्थित उद्योगहरुमा अनुगमन गरी अभिलेख राख्ने क्रममा भारतबाट भर्खरै नेपाल पसेका मजदुरहरु फेला परेका समाचारले नेपाली समुदाय पनि कोरोनाको सिकार बन्नुपर्ने बाध्यता आइलाग्नसक्ने सम्भावना प्रबल बनेको छ ।बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरु भारतबाट प्रवेश गरेका व्यक्तिहरुका कारण संवेदनशील बनिरहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार वीरगन्जमा पाँचजना स्वास्थ्यकर्मीसहित १८ जना कोरोनाबाट संक्रमित बनेका तथा नारायणी अस्पतालमा मृत्यु भएका ६५ वर्षीय एक पुरुषलाई पनि कोरोना लागेको पुष्टि भइसकेको छ । यस्तै संक्रमणका कारण त्यहाँ निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था निम्तिएको छ । शुरुमै सचेत बनेर कडा निगरानी गर्न सकिएको भए त्यसरी असुरक्षित बन्नुपर्ने अवस्था निम्तिदैनथ्यो होला कि भन्नेतर्फ सम्बद्ध निकायले ध्यान दिएको पाइएन । उता जनकपुरको धनुषा प्रादेशिक अस्पतालबाट धरानका लागि सिफारिस गरिएका एक३८ वर्षीय पुरुष बिरामीको धरान लग्दालग्दै मृत्यु भएको तथा निजमा पनि कोरोना संक्रमण भएको पुष्टि भएकाले निजको सम्पर्कमा आउनेजति सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ ।

त्यसो त काठमाडौंमै प्रहरी प्रधान कार्यालयका ४ प्रहरीमा कोरोना पुष्टि भइसकेको र अन्य १४ जना पनि कोरोनाबाट संक्रमित भएको आशंकामा आइसोलेसनमा राखिएको छ । सवारी शाखामा कार्यरत चालक प्रहरीबाट अन्य प्रहरीहरुमा भाइरस सरेको हुनसक्ने अनुमान सम्बन्धित निकायका पदाधिकारीहरुले गरेका छन् । राजधानीकै महाबौद्धमा ५ जना व्यापारीलाई कोरोना संक्रमण भएपछि त्यहाँका तीनवटा पसलमा सिल गरिएकोछ । उता विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीलार्ई कोरोनाबाट संक्रमित भएपछिउपचारका लागि काठमाडौं ल्याइएको जानकारीले निजको सम्पर्कमा आएका कलेजका अन्य पदाधिकारी पनि असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएको छ ।

हाम्रो आफ्नै कमजोरीका कारण रछिमेकी मुलुकबाट प्रवेश गर्नेहरुले रोग सारिरहेको अवस्था छ । त्यसको कारण भनेको यथेष्ट मात्रामा सिमानामा निगरानी र नियन्त्रण गर्न नसक्नुहो,स्थानीय प्रशासन र प्रहरीहरुको प्रयास पर्याप्त हुन नसक्नुले नै सबैलाई अन्योलग्रस्त बनाएको छ ।

यसरी तीनतर्फ खुल्ला सीमा भएको मुलुकबाट जब नागरिकहरु कामको खोजीमा नेपाल छिर्छन्, अनि नेपालीहरुलाईरोगको कीटाणु सजिलै सर्न सक्छ । यतिखेर भारतीय सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाको समस्या नै यही हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार झापा, मोरङ, इलाम, उदयपुर, तेह्रथुम, धनुषा, महोत्तरी, पर्सा, काठमाडौं, दाङ, नुवाकोटलगायतका जिल्लाहरुमा कुल १ सय ३० जना त आइतबारमात्रै भेटिएका संक्रमितहरु हुन् ।

यसरी दिनदिनै कोरोनासंक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा अनुशासनमा नबस्ने हो भने नेपालले पनि युरोप, अमेरिकालगायतका मुलुकले जस्तै नियति भोग्नु नपर्ला भन्ने कुनै निश्चितता छैन । गत साउन ५ गते सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै मानिसहरु जथाभावी हिसाबले हिँड्न थालेका देखिन्छन् ।सरकारद्वारा जारी निर्देशन तथा संहिता पालना नगरी हिँड्नेहरुलाई छाडा हुन दिइरहने हो भने उनीहरु त दुःख पाउँछन् नै, अरुले पनि अनाहकमा रोगको सिकार बन्नुपर्ने खतरा निम्तिनेछ ।

लकडाउनको चार महिनापछि सरकारले साउन ५ गते गरेको निर्णयलाई हेर्ने हो भने ः ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत ९ गतेको निर्णयअनुसार मिति २०७६ चैत ११ गतेदेखि शुरु भई विभिन्न मितिमा हेरफेर तथा थपघटसहित नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउन)सम्बन्धी व्यवस्था मिति २०७७ साउन ६ गते मंगलबार मध्यरातपछि अन्त्य गर्ने, नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउन) सम्बन्धी व्यवस्थाबाहेक कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी गरिएका अन्य व्यवस्था यथावत् कायम राख्ने’उल्लेख छ ।तर, सरकारी नियमअनुसार साउन १५ गतेपछि खुकुलो पार्ने भनिएका रेस्टुरा, होटललगायत व्यवसाय कतिपय स्थानमा त्यसअघिदेखि नै निर्बाधरुपमा सञ्चालन भइरहेका छन् । मानिसहरु मास्क नलगाई, स्यानिटाइजर प्रयोग नगरी तथा असुरक्षितरुपमा पसल तथा सार्वजनिक स्थलहरुमा भीडभाड गरिरहेको देख्दा संक्रमण फैलने खतरा झन् बढ्दो अवस्थामा छ।

यही अवस्थालाई ध्यानमा राख्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सबै सीमानाकामा कडाइ गर्न निर्देशन दिनुभएको छ भने सोमबार नेपाल सरकार, गृह मन्त्रालयले भाइरस संक्रमणको दर बढिरहेको तर मास्कको प्रयोग घटिरहेको भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई कडारुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । मास्क नलगाउनेलाई पक्राउ गर्ने तथा संक्रामक रोग नियन्त्रणअनुसार कारबाही अघि बढाउन निर्देशन दिएर सकारात्मक पहल गरेको छ भन्न सकिन्छ तर कार्यान्वयन इकाइहरुले निच मार्नेतथा मानिसहरु पनि यो निर्देशन आफ्नो लागिभन्दा बढी सरकारको लागि रहेछ भन्ने मानसिकता पालेर अटेर गर्नलागे भने आगामी दिन अत्यासलाग्दा नहोलान् भन्न सकिँदैन ।

 

प्रतिक्रिया दिनुहोस्