फुटबल संघद्वारा राहत



हेटौंडा, (नेस)
मकवानपुर जिल्ला फुटबल संघले मकवानपुरका समस्यामा परेका खेलाडीलाई राहतस्वरुप २ हजार नगद बितरण गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्राप्त आर्थिक सहयोग बितरण गरिएको हो ।
कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको हो ।

फुटबल संघले ५ जना रेफ्रीसहित ४० खेलाडीलाई राहत बितरण गरेको हो । जिल्ला फुटबल संघ अध्यक्ष टीका लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले राहत प्रदान गरेका थिए ।

कार्यक्रममा मेयर महतले खेलकुद क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । खेलकुद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको भन्दै उनले संकटका बेला खेलाडीलाई सघाएकोले फुटबल संघको प्रशंसा गरे । उनले खेलाडीलाई दुर्घटना बिमासमेत गरिने बताए ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, हेटौंडा–४ अध्यक्ष नवीन सिग्देल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्