कोरोनाको त्रासले काठमाडौंका व्यस्त बजार बन्द



न्युज अफ नेपाल, काठमाडौं ।

राजधानीको भोटाहिटी, असन र महाबौद्धमा कोरोनाको त्रासले सम्पूर्ण पसलहरु बन्द गरिएको छ ।

महाबौद्धका दुई जना व्यापारीमा कोरोना देखिएपछि आईतबारदेखि त्यस क्षेत्रका सम्पूर्ण पसलहरु बन्द गरिएको हो ।

महाबौद्ध गणेश मन्दिर नजिक पसल भएका भारतीय नागरिक धीरज शाह र अञ्जु शाहमा आईतबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि सो क्षेत्रका पसलहरु धमाधम बन्द गर्न शुरु गरिएको थियो । वडाअध्यक्ष चिनियामान बज्राचार्यले उहाँहरुसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैले स्वास्थ्य परीक्षण गर्न सार्वजनिक अपिल गर्नुभयो ।

स्वास्थ्य परीक्षण गर्ने क्रम जारी रहेको र रिपोर्ट नआएसम्म पसलहरु बन्द हुने सो क्षेत्रका व्यवसायीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्