केशवराजको गाईजात्रे कोसेली ‘हाँडीघोप्टे’ सार्वजनिक (भिडियोसहित)



न्युज अफ नेपाल,काठमाडौं ।

हाँस्यकलाकार तथा कवि केशवराज अर्याल ‘केरा’ले ‘हाँडीघोप्टे’ गाईजात्रे कोसेली बजारमा ल्याएका छन् ।उनको दोश्रो गाईजात्रा एल्बमका रूपमा मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाई व्यंग्यमार्फत् प्रहार गरेका छन् ।

उनले एल्बममा गीत, क्यारिकेचर र विभिन्न वेषभूषामा भट्याउँदै, जनताको वेदना, आक्रोश र पीडालाई दबाउने ठूला भनाउँदा टाउकावाल र भुँडीवालहरुको उछितो काढेका छन् ।

व्यंग्य लेख, कार्टुन कला, कविता, स्टेज कार्यक्रम तथा विभिन्न कमेडी सिरियलमार्फत हँसाउँदै आएका उनका २ व्यंग्य पुस्तक प्रकाशित भइसकेका छन् । यसअघि उनको ‘आलुपाँडे गाईजात्रा’ बजारमा आएको थियो ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्