मुक्कामा विश्व किर्तिमान



ब्रातिस्लाभा,(एजेन्सी)
स्लोभाकियाका एकजना मार्शल आर्टसका पुरुष खेलाडिले एक मिनेटमा ३ सय २२ मुक्का प्रहार गरी नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । पचिस वर्षिय पावेल ट्रुसोभले औपचारिक रुपमा किर्तिमानका लागि प्रयास गर्नु अघि आफुले ६ महिना सम्म क्रसफिट , पावर लिफ्टिंग र इन्टरभल वर्क जस्ता नियमित व्यायाम गरेको बताएका छन् ।
उनले गिनिज नियम अनुसार प्रत्येक मुक्का पाखुरा पूरा तन्काएर बलपूर्वक हान्नुपर्ने पर्ने भएकाले पनि राम्रो तयारी गरिएको बताएका छन् । उनले छ वर्षकै कलिलो उमेर ेदखि मार्शल आर्ट्समा भाग लिँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्