हाभीलाई कोरोना संक्रमण



एजेन्सी ।

स्पेनको राष्ट्रिय टोली तथा बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेजलाई कोरोना भाइरस संक्रमण भएको छ ।

हाल कतारी क्लब अल सदाको प्रमुख प्रशिक्षक रहेका उनी स्वयमले आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । सामाजिक सन्जाल ट्वीटरमार्फत् ट्वीट गर्दै उनले आफू कोरोनाबाट संक्रमित भएको पुष्टि गरेका छन् ।

जाभीले केही दिनअघि आफूमा कोरोना पोजेटिभ देखिएकाले टोलीबाहिर रहेको जानकारी दिँदै पूर्ण रूपमा ठीक नहुँदासम्म टोली सम्हाल्न नसक्ने बताएका छन् । तर, उनले मेडिकल रिपोर्टबाट आफूमा संक्रमण पुष्टि भए पनि कोरोना संक्रमणको लक्षण भने आफूमा नदेखिएको बताएका छन् ।

जाभी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । बार्सिलोनाबाट सन्यास लिएपश्चात् जाभी सन् २०१५ मा अल सदा पुगेका थिए । विगत १ वर्षदेख उनी सोही क्लबलाई प्रशिक्षण गरिरहेका छन् । उनले केही समयअघि मात्रै क्लबसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्