भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय तेक्वान्दो प्रतिगोगिता हुने



न्युज अफ नेपाल,पाल्पा ।

कोरोना संक्रमणको असरलाई ध्यान दिदै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा पाल्पा आई.टि.एफ् तेक्वान्दो संघले प्रथम पाल्पा आई.टि.एफ.पुरुष भर्चुअल (अनलाइन) मार्फत सेल्फ डिफेन्स राष्ट्रिय तेक्वान्दो प्रतिगोगिता गर्ने भएको छ ।

आयोजक पाल्पा आई.टि.एफका उपाध्यक्ष कृष्ण थापाका अनुसार प्रतियोगितामा सहभागी हुन यही श्रावण ३० गते भित्र प्रतियोगी सहभागीहरुले भिडियो पठाउनुपर्ने छ ।

उहाँका अनुसार सेतो पेटी देखि कालो पेटीका सेकेन्ड डान सम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगिताको भाद्र ५ गते नतिजा आउने जानकारी दिदै सहभागीहरुले सेल्फ डिफेन्सको भिडियो १ः३० देखि २ः३० मिनेटको हुनुपर्ने थापाले बताउनुभयो ।

खेलाडी संख्या एक समुहमा बढिमा ४ जना हुनुपर्ने र आई.टि.एफ को म्यलबप अनिवार्य रुपमा लगाउनुपर्ने जनाइएको छ । मार्शल आर्ट सीप प्रदर्शन गर्ने धेरै विधिहरुको प्रयोग गरेर दर्शकहरुलाई मनोरन्जन दिने, प्रस्तुतीकरण दु्रत गतिमा, उच्च उर्जा, रोमान्चक, नाटकीय र हेर्नका लागि रमाईलो हुनुपर्नेमा प्रतियोगि सहभागीले ध्यान दिनुपर्ने आयोजकको भनाई छ ।

भिडियोमा कुनै सम्पादन गर्न नहुने र कभर्डहल मात्र नभई जस्तो सुकै ठाँउमा पनि भिडियो बनाएर पठाउन सकिने जनाइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार, दोस्रो ५ हजार र तेस्रो पुरस्कार ३ हजार नगद राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्