पिएसजी १३ औं पटक फ्रेन्च कप च्याम्पियन



TROPHEE – JOIE – 01 KEYLOR NAVAS (PSG) – 11 ANGEL DI MARIA (PSG) – 02 THIAGO SILVA (PSG) – 18 MAURO ICARDI (PSG) – 21 ANDER HERRERA (PSG) – 08 LEANDRO PAREDES (PSG) – 10 NEYMAR JR (PSG)

एजेन्सी ।

पेरिस सेन्ट जर्मन (पीएसजी) फुटबल क्लब १३औं पटक फ्रेन्च कप च्याम्पियन बनेको छ ।

शुक्रबार राति भएको सिजन २०१९/२० अन्तर्गत फ्रेन्च कप फुटबलको फाइनल जितेसँगै पिएसजीले १३औं फ्रेन्च कपको उपाधि उचालेको हो । फाइनलमा पिएसजीले १० खेलाडीमा सिमित इटियेनमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै उपाधि पोल्टामा पार्न सफल भयो ।

पिएसजीको जितमा एक मात्रै विजयी गोल नेइमारले गरे । उनले खेलको १४औं मिनेटमा गरेको उक्त गोल खेलकै निर्णायक सावित बन्यो । उपाधि भिडन्तमा इटियेन खेलको ३१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीका लोइनले रातो कार्ड बेहोरेका थिए । पिएसजीका क्लियन एमबाप्पेमाथि खराब ट्याकल गरेपछि उनलाई सोझै रातो कार्ड देखाइएको थियो । ट्याकलका सिकार एमबाप्पेले चोटग्रस्त हुँदै मैदान छाडेका थिए । खेलपछि एम्बाप्पे बैशाखीको सहारामा प्लेयर बक्समा देखिएका थिए । उनले अब युरोपियन च्याम्पियन्स लिगमा अन्तिम आठको खेल गुमाउने सम्भावना बढेको छ ।

उक्त फाइनल हेर्न स्टेड डे फ्रान्स रंगशालामा ५ हजार दर्शकलाई मैदान प्रवेशको अनुमति दिइको थियो । सो रंगशालाको क्षमता भने ८१ हजार रहेको छ । कोरोना भाइरसको महामारीका कारण अप्रिलयता लगभग विश्वभरका फुटबल गतिविधि ठप्प थिए । त्यसयता पहिलो पल्ट फ्रान्समा दर्शकसहित फुटबल खेलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्