पाकिस्तानी खेलाडीको आरोप



नयाँदिल्ली, एजेन्सी । 
पाकिस्तानी क्रिकेट टिमका पूर्वक्रिकेटर सोएब अख्तर र रासिद लतिफले इन्टरनेसनल क्रिकेट काउन्सिल –आईसीसी) ले जानीजानी टी–२० वल्र्डकप २०२० स्थगित गरेर इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० आयोजनाका लागि बाटो खोलेको आरोप लगाएका छन्।
आईसीसीले मंगलबार यस वर्ष अस्ट्रेलियामा तय गरिएको वल्र्डकप कोभिड–१९ महामारीका कारण स्थगित गरेको थियो। त्यसपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी सेप्टेम्बरदेखि नोभेम्बरसम्म यूएईमा आईपीएल आयोजना गर्ने घोषणा गरेको थियो ।
यो विषयमा सोएब अख्तर र रासिद लतिफले यस्तो हुने अनुमान पहिले नै गरेको र हाल हुबहु त्यस्तै भएको बताएका छन्। लतिफले सबै  क्रिकेट बोर्ड यो निर्णयमा संलग्न रहेको र टी–२० वल्र्ड कपबाट भन्दा आईपीएलबाट आर्थिकरूपमा बढी फाइदा भएकोले यस्तो गरेको बताएका छन्।
जियो क्रिकेटसँगको कुराकानीमा लतिफले भने– ‘यसमा सबैजना संलग्न छन् र यस्तो योजना पहिले नै बनाइएको हो। टी–२० वल्र्डकप फेब्रुअरी–मार्च मा खेलाउन सकिन्थ्यो, तर त्यसबाट पीएसएल २०२० प्रभावित हुन्थ्यो। यसलाई अप्रिल–मे मा गर्न सकिन्थ्यो, तर यसले आईपीएल प्रभावित हुन्थ्यो। त्यस्तै, नोभेम्बर–डिसेम्बरमा गरेको भए बिग ब्यास लिगलाई प्रभाव पथ्र्यो।
आईसीसीसँग जोडिएका हरेक व्यक्तिलाई यसले फाइदा पुग्नेछ। सौरभ गांगुलीले एसिया कप स्थगित गर्ने कुरा आधिकारिक घोषणा हुनुभन्दा एक दिनअघि बताएका थिए। त्यसपछि पीसीबी र श्रीलंका क्रिकेट बोर्डले पनि खुलासा गरेको थियो। त्यो सबै पूर्वनियोजित थियो।
सोएब अख्तरले पनि बीसीसीआईले आफ्नो फाइदाका लागि टी–२० विश्वकप रद्द गर्न लगाएको आरोप लगाएका छन्। यसका साथै उनले आफ्नो फाइदा मात्र हेर्ने गरेको बताए। बीसीसीआईले पैसा र शक्तिको भरमा फाइदा लिइरहेको अख्तरले बताएका छन्। उनले  बीसीसीआईसँग पैसाको पावर छ। त्यसैले, बीसीसीआईविरुद्ध कोही बोल्न सक्दैन। हरभजन सिंहले भने– ‘एन्ड्र साइमन्ड्सविरुद्ध रंगभेदको टिप्पणी गर्दा पनि उनलाई केही पनि गरिएन।’
अख्तरले सबै क्रिकेट बोर्ड बीसीसीआईबाट जतिसक्दो पैसा कमाउन चाहेको समेत आरोप लगाएका छन्। उनले सबै क्रिकेट बोर्डलाई यस्तो नाटक छाड्दै सोझै बीसीसीआईबाट पैसाको आवश्यक परेको बताउनसमेत चुनौती दिएका छन्। त्यस्तै, उनले आफ्नो फाइदाका लागि अरूको के हुन्छ भनेर पनि वास्ता नगर्ने गरेको बताए।
उनले यस वर्ष टी–२० वल्र्ड कप र एसिया कप खेलाउन सकिन्थ्यो र भारत र पाकिस्तान पनि एक अर्काविरुद्ध खेल्न सक्थे, तर यस्तो भएन । उनले यस्तो हुन थाल्यो भने क्रिकेटको क्रेजमा कमी आए पनि मान्छेहरू भने लाखौं डलर कमाउँदै बस्ने बताए।

प्रतिक्रिया दिनुहोस्