महासंघको साधारण सभा पुनः रोकियो



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघले साधारण सभा पुनः स्थगित भएको छ । गत चैतमा हुने भनिएको साधारण सभा लकडाउनका कारण स्थगित भएको थियो ।

महासंघले लकडाउन खुकुलो भएसँगै साउनको २६ र २७ मा साधारण सभा गर्ने नयाँ मिति तय गरेको थियो । तर, सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न लगाएको प्रतिबन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सभा सम्मेलन खुला गर्ने निर्णय भएको १५ दिनभित्र साधारण सभा गर्ने गरी हाललाई स्थगित गरिएको छ । महासंघको नेतृत्व परिवर्तनका लागि निर्वाचनसमेत हुने भएकाले यो साधारण सभालाई महत्वका साथ हेरिएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ स्वतः अध्यक्ष्ँ बन्ने भएकाले अहिले अध्यक्ष्ँ बाहेकका बाँकी पदमा निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुवै पक्षले प्रचार प्रसारलाई तीव्रता दिइरहेका बेला साधारण सभा स्थागित भएको छ । महासंघका पूर्वअध्यक्षहरू एवम् पदाधिकारीहरू सम्मिलित बैठकले २०७७ साउन २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने भनि तय गरिएको महासंघको ५४औं वार्षिक साधारण सभा रोक्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्