बिहीबार नेप्से १०.१३ अंकले बढ्यो



न्युज अफ नेपाल,काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा केही सुधार भएको छ । पछिल्ला केही दिन लगातार ओरालो लागेको नेप्से बिहीबार दोहोरो अंकले बढेसँगै सुधार भएको छ ।

बिहीबार नेप्से १० दशमलव १३ अंकले बढेर १४४२ दशमलव ६१ बिन्दुमा पुगेको छ । कुल १८७ वटा कम्पनीको ३३ लाख ९२ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ७१ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबार भएका १२ समूहमध्ये विकास बैंक र सामूहिक लागनी कोष समूहकमात्रै गिरावट आएका छन् ।

तर, बैंकिङ समूह ३, व्यापार समूह ७ दशमलव ९४, होटल समूह ४२ दशमलव ५५, जलविद्युत् ६ दशमलव ६२, वित्त समूह १ दशमलव ४९, निर्जीवन बीमा समूह १८५ दशमलव ७, उत्पादन समूह १७ दशमलव ८५, अन्य समूह ४ दशमलव ७७, लघुवित्त समूह २७ दशमलव ६५ र जीवन बीमा समूह १५४ दशमलव ६७ अंकले बढेको छ ।

सेन्सेटिभ परिसूचक शून्य दशमलव ७४ अंकले बढेर ३०३ दशमलव ९० बिन्दुमा पुगेको दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्र स्थानमा रहेको छ । सो कम्पनीको शेयर ११ करोड ३२ लाख रुपियाँभन्दा बढीको कारोबार रहेको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स १० करोड २९ लाख, शिखर इन्स्योरेन्सको ८ करोड पाँच लाख, एनआईसी एसिया लघुवित्त वित्तीयको सात करोड ७० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । ९ प्रतिशतभन्दा बढी कमाउनेमा ओरियन्टल होटल, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।

समग्र परिसूचक बढेको दिन मल्टिप्रर्पोज फाइनान्स कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, सिन्धु विकास बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्