साधारण सभा नगर्ने सहकारीको कारोबार भने निरन्तर



सञ्जय कार्की, रौतहट ।

बर्षौदेखि साधारण सभा नगर्ने सहकारी संस्थाले कारोबार गर्दै आएको खुलेको छ ।

सहकारी संस्थाले लेखापरिक्षण गरेर बार्षिकरुपमा साधारण सभा अनिबार्यरुपमा गर्नुपर्ने हुन्छ तर चन्द्रपुर नगरपालिका भित्र रहेका दर्जनौ बचत तथा ऋण र कृषि सहकारी संस्थाले साधारण सभा नगरीकनै कारोबार गर्दै आएको पाइएको छ । नीयमन निकायको कमजोरी कारण यस्ता सहकारी संस्था बाट शेयर सदस्य ठगिने र संचालक समितिका पदाधिकारीले आर्थीक लाभ हासिल गर्ने गरेको खुलेको छ । दुई बर्ष नीयमित साधारण सभा नगर्ने सहकारी संस्था कालोसुचीमा पर्दछ तर यहा बर्षौदेखि साधारण सभा नगरेपनि कारोबार भने गर्दै आएको पाइएको छ ।

चन्द्रपुर नगरपालिकामा बिभिन्न फरक प्रकृतीका १ सय ८ वटा सहकारी संस्था रहेका छन तर गत आर्थीक बर्ष ४० वटा मात्रै सहकारी संस्थाले साधारण सभा गरेको अभिलेख चन्द्रपुर नगरपालिकामा रहेको छ । साधारण सभा नगरीकनै नेपाल सरकारको अनुदानको मल बर्षौदेखि कारोबार गर्नेमा चन्द्रपुर नगरपालिकाका भित्रको श्री सृजनसिल युबा कृषि सहकारी संस्था लिमिटेड पौराई, श्री सदाबहादर महिला कृषि सहकारी संस्था लिमिटेड जुडिबेला, श्री सामुदायिक बिउबृध्दि तथा कृषि बिकास सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री सनराईज कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री जनजागरण कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री अन्जली कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री सहकारी संस्था लिमिटेड सन्तपुर, श्री प्रगती कृषि तथा बिउ बिजन सहकारी संस्था लिमिटेड सन्तपुर, श्री युबास्वरोजगार कृषि सहकारी संस्था लिमिटेड डुमरिया, श्री सृजनसिल कृषि सहकारी संस्था लिमिटेड डुमरिया, श्री सरस्वती कृषि सहकारी संस्था लिमिटेड डुमरिया रहेको छ ।

सहकारीले बर्ष भरी गरेको कारोबारको लेखापरिक्षण गरि बार्षिक साधारण सभामा आफना शेयरसदस्य लाई जानकारी गर्नुपर्ने हुन्छ तर ब्यक्तिगत फाईदाको लागि साधारण सभा नगर्ने सहकारी संस्था लाई कानुनी दायरामा ल्याउनु पर्ने स्थानीयको भनाईको रहेको छ ।

साधारण सभा नगर्ने सहकारी संस्थाले नेपाल सरकारको अनुदानको मल खरिद गरेपनि सोको बिक्री आफना शेयर सदस्य लाई गर्नु पर्ने हो त्यसो गरेको पाईदैन । साधारण सभा नगर्ने चन्द्रपुर नगरपालिकाको ११ वटा सहकारी संस्थाले नेपाल सरकार बाट अनुदानमा प्राप्त रासायनिक मल कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुर बाट खरिद गरेको पाइएको छ । सो सहकारी संस्थाले खरिद गरेको रासायनिक मलको छानबिन हुनुपर्ने माग समेत स्थानीयले गरेका छन । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रबी केशरीले नगरपालिकाको सिफारिसमा सहकारी संस्था लाई रासायनिक मल बिक्रि गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्