विकास क्षेत्रमा सरकारले लगानी बनाउनुपर्छ : अर्थविद



भूपराज बस्याल, स्याङ्जा ।

कोरोना भाइरसको महामारीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब रु १ सय ६५ अर्ब नोक्सानी भएको नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश पोखराका निर्देशक डिल्लीराम पोख्रेलले बताउनुभएको छ ।

आर्थिक समाज नेपालले आयोजना गरेको भर्चुअल कुराकानीमा उहाँले यो लकडाउनको तीनमहिने अवधी चैतदेखि असार मसान्तसम्म ब्याजमा दुई प्रतिशत छुट दिएको र अग्रिम चैत मसान्तसम्म ब्याज चुक्ता गर्नेको हकमा ब्याजमा दस प्रतिशत छुट दिएको पनि उहाँले जानकारी दिनुभयो । आर्थिक समाज नेपालका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख वक्ताको रुपमा रहनु भएका डा. पोखरेलको यस्तो धारणा आएको हो । कोरोना भाइरसका कारण बैंकिङ क्षेत्रमा ठूलो असर परेको भन्दै कोरोनाले गर्दा यस क्षेत्रको लागत समेत बढेर गएको उहाँको तर्क थियो । लकडाउनको समयमा घर बसेकाकर्मचारीलाई तलब तथा काम गरीरहेका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोगले बैंकिङ क्षेत्रको खर्च बढेर गएको उहाँले बताउनुभयो । कोरोना भाइरससंगै गरिएको लकडाउनका कारण होटल तथा रेष्टुरेण्ट क्षेत्रमा करिब रु १६ अर्बको नोक्सानी भएको अनुमान गरिएको र पछिल्लो तथ्याङ्क एवम् आगामी परिदृष्य समेतलाई विश्लेषण गर्दा महामारीका कारण अर्थतन्त्रमा हाल अनुमान गरिएको भन्दा बढी नै क्षतिपुग्ने देखिन्छ उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १ प्रतिशतको हाराहारीमै रहने देखिएको भन्दै अर्थतन्त्रका १५ प्रमुख क्षेत्रमध्ये ५ क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको छ उहाँको भनाइ थियो । जसमा होटल तथा रेष्टुरेन्ट १६ प्रतिशतले, यातायात २.५ प्रतिशतले, उत्पादन मूलक उद्योग २.३ प्रतिशतले, निर्माण ०.३ प्रतिशतले ऋणात्मक रहेको र विद्युत २९ प्रतिशत, सार्वजनिक प्रशासन तथा स्वास्थ्यबाहेक सबै क्षेत्रको वृद्धि दर अघिल्लो वर्षको भन्दाकम रहेको प्रमुख पोख्रेलले बताउनुभयो । देशको अर्थतन्त्रलाई उकास्नको लागि साना तथा मझौलाउधोगलाई प्राथमिकता दिनुपर्ने पनि उहाँको तर्क थियो ।

कार्यक्रममा प्राध्यापक डाक्टर तथा अर्थबिद यादवशर्मा गौडेलले नेपाल सरकारको उत्पादन क्षेत्रमा लगानी निजि क्षेत्रको तुलनामा अति न्यून रहेको तथ्य प्रस्तुत गर्नुभएको थियो । उत्पादन क्षेत्रमा सरकारको लगानी ३० प्रतिशतमात्रै रहेको र ७० प्रतिशत लगानी निजि क्षेत्रको रहेको हुँदा बिकासका क्षेत्रमा सरकारको ध्यान पुग्नन सकेको उहाँको तर्क थियो । उत्पादनका क्षेत्रमा सरकारको लगानी बढाउन नसके देशले बिकासमा फट्को मार्न नसक्ने उहाँको भनाई थियो । अन्य देशको बिकासको इतिहास हेर्ने हो भने सरकारकै लगानीबाट देशले समृद्धि हासिल गरेको उदाहरण दिदै यस तर्फ गम्भीर हुन सरकारलाई उहाँले आग्रह थियो ।

कार्यक्रममा प्राध्यापक तथा अर्थबिद गेहेन्द्रेश्वर कोइरालाले सरकारको पुजि निर्माणमा लगानी २२ प्रतिशत मात्रै रहेको भन्दै अर्को तथ्य प्रस्तुत गर्नुभएको थियो । बैंकिङ क्षेत्रमा सरकारको लगानी जम्मा १३ प्रतिशत मात्रै रहेको र निजि क्षेत्रको लगानी ८७ प्रतिशत रहेको हुँदा देशले आर्थिक बिकासको पाटोमा फड्को मार्न नसके उहाँको तर्क थियो । बिकासको लागि मुख्य कुरा लगानी हो तसर्थ लगानीको लागि बैंकिङ क्षेत्र बलियो हुनुपर्छ त्यही बैंककिङ क्षेत्रमा सरकारको उपस्थिति शुुन्य जस्तै छ उहाँको भनाइ थियो । यस्तो लगानीको क्षेत्रमा सरकारको शुुन्य जस्तै उपस्थितिले देशको बिकास हुननसक्ने उहाँको तर्क थियो ।

देशको समसामयिक र आर्थिक क्षेत्रको बिषयमा गहन अध्ययन र छलफल गर्दै आएको समाजले पछिल्लो समय गण्डकी प्रदेश सरकारको बजेटको समिक्षागर्दै बजेट समय सापेक्ष नआएको आरोप लगाएको थियो भने अहिलेको नीतिले नेपालका उद्योगहरु अपेक्षकृत रुपमा फस्टाउन नसक्ने निष्कर्ष निकालेको थियो । यी बिषयहरुमा समाजले संचार माध्यममार्फत आर्थिक क्षेत्रमा गर्नु पर्ने सुधारहरुको बारेमा सरकारलाई निरन्तर ध्यानाकर्षण गर्दै पनि आएको छ ।

प्रतिक्रिया दिनुहोस्