उद्योग वाणिज्य महासंघमा अजरमानको दाबी



ललितपुर, (नेस)

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यका लागि ललितपुरका व्यवसायी अजरमान जोशीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसँगै सामाजिक क्षेत्रमा सक्रिय जोशीलाई जिताउन संघले संस्थागत रुपमा लबिङ शुरू गरेको छ । उहाँले जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी नेपाल समाचारपत्रलाई दिनुभयो । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले जोशीलाई जिताउन मत माग्न शुरू गरिसक्नु भएको छ ।

उहाँलाई जिताउन गरिएको आग्रह सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई हेर्दा जोशीको उम्मेदवारीलाई ललितपुरको आर्थिक क्षेत्रमा मात्र नभई सिंगो सामाजिक र सांस्कृतिक क्षेत्रको प्रतिष्ठाको रुपमा जोडिएको पाइएको छ । आफ्नो जीवनको अधिकांश समय चेम्बर अभियानमा बिताउनुभएका जोशी प्रहरी प्रशासनलाई समुदायमैत्री बनाउने, सामाजिक, धार्मिक गतिविधिमा पनि निकै सक्रिय देखाउँदै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्