शेयर बजारमा निरन्तर गिरावट



नेपाल समाचारपत्र, काठमाडौं

आर्थिक वर्षको शुरूका दिनमा वृद्धि भएको शेयर बजार पछिल्ला दिनमा भने निरन्तर घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव २१ प्रतिशत अर्थात १७ दशमलव ५० अंकले घटेर १४३२ दशमलव ४४ बिन्दुमा झरेको छ।

कुल १८३ वटा कम्पनीको ३५ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड २५ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन एनआईसी एसिया लघुवित्त वित्तीय कम्पनी अगाडि रहेको छ। यस कम्पनीको १८ करोड १५ लाख रुपियाँ शेयर खरिद बिक्री हुँदा नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २३ लाख रुपियाँको कारोबार भएको छ।

बुधबार समग्र नेप्से परिसूचक ओरालो लागे पनि ओरियन्टल होटल, तारागाउँ होटल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यसबाहेक नेपाल सेवा लघुवित्त वित्तीयका लगानीकर्ताले पनि कमाएका छन् । यता सबैभन्दा धेरै गुमाउनेमा घलेम्दी हाइड्रो लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्