चुनावी दौडमा अजरमान



न्युज अफ नेपाल, ललितपुर ।

यही साउन २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा जित्न अजरमान जोशी चुनावी दौडमा सक्रिय भएर लाग्नुभएको छ ।

ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसंगै सामाजिक क्षेत्रमा सक्रिय जोशीलाई जिताउन संघले संस्थागत रुपमै लबिङ थालेको छ । उहाँले जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुनेछ । संघका अध्यक्ष कृष्णलाल महर्जनले जोशीलाई जिताउन सार्वजनिक रुपमै मत माग्न शुरु गरिसक्नु भएको छ ।

उहाँलाई जिताउन गरिएको आग्रह सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई हेर्दा जोशीको उम्मेदवारीलाई ललितपुरको आर्थिक तप्कामात्र नभई सिंगो सामाजिक र सांस्कृतिक तप्काको प्रतिष्ठाको रुपमा जोडिएको पाइएको छ । आफ्नो जीवनको अधिकाशं समय चेम्बर अभियानमा बिताउनुभएका जोशी प्रहरी प्रशासनलाई समुदायमैत्री बनाउने, सामाजिक, धार्मिक गतिविधिमा पनि निकै सक्रिय देखाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्