कृषकलाई साना मेसिनरी औजार



नेपाल समाचारपत्र, गुल्मी ।

कृषिमा आधुनिकरण ल्याउन गुल्मीका कृषकलाई कृषि काममा प्रयोग हुने मेसिनरी औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन लागू भएपश्चात जिल्लामा मकै खेतीको विस्तार गर्न कृषि सामग्री वितरण गरिएको हो ।

जिल्लामा मकै जोन लागू भएका स्थानीय तहमा रहेका कृषकलाई व्यवहारिकमुखी कृषिलाई व्यावसायिक बनाउनको लागि कृषकले प्रयोजनका लागि आवश्यकपर्ने औजार कृषि समूहलाई वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन गुल्मीको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागतमा २९ वटा मिनि टेलर, २ वटा कनसेलर मकै छोडाउने र २० क्याडी ह्वील वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन नारायण काफ्लेले बताउनुभयो । कृषकको माग धेरै रहेकाले कोभिडका कारण ढुवानी हुन नसक्दा सबै किसानलाई बितरण गर्न नसकिएको काफ्लेको भनाइ छ ।

मकै जोन गुल्मीले कृषिलाई आधुनिकीकरण गर्दै बिउ उत्पादनमा जोड दिँदै आएको छ । इस्मा गाउँपालिकाको चौरासीमा गरिएको साना मेसिनरी औजार बितरण कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद दिनेश पन्थी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सयुक्त रुपमा कृषकलाई सामग्री हस्तातरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै सांसद पन्थीले कृषि क्षेत्रलाई आधुनिकरण गर्न बितरण गरिएका सामग्रीको भरपुर प्रयोग गर्न कृषकलाई अग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले कषि क्षेत्रलाई व्यावसायिक र आधुनिकिकरण गर्ने सरकारको लक्ष्य अनुसार कृषकलाई सामग्री बितराण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्