नेपाल र भारतबीच व्यावसायिक सम्बन्ध विस्तारमा जोड



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि विषयक व्यावसायिक वेभिनार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल र भारतबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमाथि प्रकाश पार्नु भएको थियो ।

ऊर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधननै दुवै देशको सबैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोगमार्फत समृद्धिको यात्राका लागि सहकार्यमा जोड दिनुभयो । महासंघ र परिसंघबीचको आपसी सम्बन्धको चर्चा गर्नुहुँंदै दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफलसमेत प्राप्त भएको स्मरण अध्यक्ष राणाले गर्नुभयो ।

कोभिडपश्चात विश्वको आर्थिक परिदृश्यमै आमुल परिवर्तन आउने कुराको संकेत दिनुहुँंदै अध्यक्ष राणाले त्यसको तयारीका लागि आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्थाबीचको सहकार्य अझ घनीभूत ढंगमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपालस्थित भारतीय राजदूतावासका द्वितीय वाणिज्यसचिव कपिध्वज प्रताप सिंहले महासंघ र सीआईआईले सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा खुुशी व्यक्त गर्दै आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने र त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा सीआईआई साउथ एसिया कमिटिका सहअध्यक्ष एवम् हाइड्रो बिजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुहुँंदै कोभिडबाट आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको यथार्थता राख्दै कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

सीआईआई र महासंघबीचको सहकार्यमाथि प्रकाश पार्नुहुंँदै उहाँले कार्यक्रम आयोजनमा सहयोग पु¥याएकोमा महासंघलाई धन्यवादसमेत दिनुभयो । छलफल कार्यक्रममा भारतका तर्फबाट अशोककुमार प्रुष्टि, राकेश गउर लगायत र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवम् निम्वसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पूर्वाधार, ऊर्जा, कृषि, उत्पादनमुलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुती दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्