मौद्रिक नीति सकारात्मकः राष्ट्रिय व्यापार संघ



 न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रिय व्यापार संघले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीति सकारात्मक रहेको ठहर गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो ठहर गरेको छ । संघका महासचिव वैकुण्ठ दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा संघले राख्दै आएका मागहरु पनि सम्बोधन भएको र मौद्रिक नीतिले टीटी तथा डिमान्ड ड्राफ्टको सीमा वृद्धि गरिएकाले साना तथा मझौला उद्योगलाई फाइदा पुग्ने ठहर गरेको छ।

संघले यस्तो नीति ल्याउनुभन्दा पनि कार्यान्वयनमा जोड दिनु मुख्य कुरा भएको जनाएको छ । प्यान तथा भ्याटमा दर्ता व्यापारी तथा व्यवसायीको कारोबार हेरी व्याज छुट र बिनाकर्जा लगानीको माग राख्दै आएकोमा उक्त माग पनि आगामी दिनमा सम्बोधन हुने विश्वास संघले राखेको छ ।

साथै संघले व्यापारी र व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकाले समयसापेक्ष नीति परिमार्जन गर्ने कुरा व्यक्त गर्दै समग्रमा यो नीति सकारात्मक भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्