भदाै सात गते भित्र कर तिरिसक्नु पर्ने



न्युज अफ नेपाल, काठमाडाैँ ।

अब भदाै सात गते भित्र कर तिरिसक्नु पर्ने भएकाे छ । सर्बाेच्चकाे आदेशअनुसार लकडाउन खुलेकाे ३० दिनभित्र कर बुझाउन मिल्ने गरी यस्ताे उर्दी जारी भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए सँगै अब व्यवसायीले कर तिर्ने समय भदाै सातसम्म ताेकिएकाे हाे ।

यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ। नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्